नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने

नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने
+
-

काठमाडौँ – मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन्।

एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग)लाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागेको हो।

एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्नेछ, जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दै मानिसहरुको जस्तो गतिविधि गर्नेछन्।

नयाँ प्रविधिहरुसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन्।

गत साता नेपालमा सार्वजनिक भएको दिपल एस०५ ले केहीदिनमै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको कम्पनीले जनाएको छ। लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मिश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्न पुगेको कम्पनीको भनाइ छ।

‘नाडा अटो सो सधैँ नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ। यस वर्ष प्रधानमन्त्रीबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वयंमा एउटा ऐतिहासिक उपलब्ध हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभी लाइनअपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुनपरिभाषित गर्दै छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?