विमानस्थल विस्तार र जग्गा अधिग्रहण गरिँदै

विमानस्थल विस्तार र जग्गा अधिग्रहण गरिँदै
+
-

हुम्ला – सिमकोट विमानस्थल विस्तार र जग्गा अधिग्रहण गरिने भएको छ। सो कार्यका लागि आवश्यक बजेटको ब्यवस्था यस आर्थिक वर्षमा गरिएकोले काम अगाडी बढ्ने भएको हो।

नेपाल नागरिक उड्डयान प्राधिकरणको प्रधान कार्यालय काठमाडौंले विमानस्थल विस्तारका लागि बजेटको ब्यवस्था गरि अख्तियारी प्राधिकरणको सिमकोट शाखालाई पठाएपछि विमानस्थल विस्तार र जग्गा ब्यवस्थाको कार्य अगाडी बढाउने बाटो खुलेको हो।लामो समयदेखि बजेटको अभावका कारण रोकिएको सिमकोट विमानस्थलको धावनमार्ग विस्तार र जग्गा अधिग्रहण कार्य अब सुरु हुनेछ।

निकै लामो प्रयासपछि नेपाल नागरिक उड्ययान प्राधिकरणको प्रधान कार्यालयंले बजेटको ब्यवस्था गरेकोमा धन्यवाद दिदै अब काम अगाडी बढ्ने निश्चित भएको हो। साउन ३० गते पठाईएको पत्रानुसार यो कामका लागि आवश्यक बजेट २७ करोड ९४ लाख रुपियाँ विनीयोजित गरि धावनमार्ग विस्तार र जग्गा अधिग्रहण कार्य अघि बढाउन आदेश आएको सिमकोट नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले बताए।

विमानस्थल विस्तारका लागि साठी दशमलव ८१ रोपनी जग्गा आवश्यक पर्नेछ। विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गाको मुल्य जिल्ला दररेट अनुसार प्रतिबर्ग मिटर छ हजार दुई सय रुपियाँ रहेको छ। सो क्षेत्र भित्र नौ वटा भवन समेत अधिग्रहण हुनेछन। यसअघि जिल्लाले जग्गा अधिग्रहणका लागि गर्नुपर्ने सबै काम पुरा गरि सकेको कारण अब केही दिनमा उपसमितिको बैठक बस्ने र त्यसबाट जग्गा अधिग्रहरणका लागि सुचना सार्वजनिक गरिनेछ।
अबको तीन महिनाभित्र जग्गा अधिग्रहरणको सबै काम पूरा हुने र त्यसपछि विस्तारको कार्य अगाडी बढाइनेछ।

यो काम सम्पन्न भएपछि हाल विमानस्थलको लम्बाईमा तीन सय मिटर बृद्धि हुनेछ। हाल सिमकोट विमानस्थलको लम्बाई घेरवार सहित सात सय मिटर लम्बाई रहेको छ भने रन वे साँढे छ सय मिटर लम्बाई रहेको छ। अब विस्तारपछि विमानस्थलको लम्वाई घेरवार सहित एक हजार दश मिटर लम्बाई रहने छ भने साँढे नौ सय मिटर लम्बाई रन वेको हुनेछ। विमानस्थलको विस्तारपछि २९ र ४५ सिटे जहाज अवतरण गराउने लक्ष्य रहेको छ।

हाल चौधदेखि अठार सिटे साना जहाज अवतरण गर्दै आएका छन। अघिल्लो आर्थिक वर्षमा जिल्ला प्रशासन र सम्बन्धित कार्यालयमार्फत कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भए पनि आवश्यक बजेट नहुँदा काम अघि बढ्न सकेको थिएन। कैलाश मानसरोवर दर्शनको मुख्य प्रवेश बिन्दुका रूपमा रहेको सिमकोट विमानस्थलसहित सम्पूर्ण हुम्लाको पर्यटन प्रवद्र्धन सहयोग पुग्ने बिस्वास गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?