कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस सेवा पुनः सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस सेवा पुनः सुरु
+
-

हुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौलाका बिरामीहरूका लागि डायलाइसिस सेवा पुनः सुरु भएको छ।

दुई वर्षअघि जनशक्ति र उपकरणको अभावले बन्द भएको यो सेवा सञ्चालनमा आएसँगै कर्णालीवासीलाई ठूलो राहत मिलेको छ।

प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाले अब बिरामीहरूले महँगो खर्चमा बाहिर जानुपर्ने बाध्यता हटेको बताइन्। आइतबार मुगुको खत्याड गाउँपालिकाकी जीरकला बियारको डायलाइसिस गरेर सेवाको सुरुवात गरिएको हो। आर्थिक अभावका कारण जुम्लामै उपचार नपाइने हो कि भन्ने चिन्तामा विरामीहरूले प्रतिष्ठानको यो कदमप्रति खुसी व्यक्त गरेका छन्।

पहिले जनशक्ति, औषधि र उपकरणबीच तालमेल नहुँदा सेवा रोकिएकोमा अहिले सबै तयारी पूरा गरेर सेवा थालिएको प्रतिष्ठानले जनाएको छ।

हाल प्रतिष्ठानमा चारवटा डायलाइसिस मेसिन तयारी अवस्थामा रहेका छन्, जसमध्ये दुईवटा सञ्चालनमा ल्याइएको छ। चिकित्सकहरूका अनुसार, स्वच्छ खानेपानीको कमीका कारण कर्णालीमा मिर्गौलाका बिरामीको संख्या बढ्दो छ, जसले गर्दा यो सेवाको माग उच्च छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’