
काठमाडौँ- सत्तामा रहेका एमाले र काँग्रेसले मंगलबार दिउँसो १ बजे उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव संसदमा दर्ता गर्ने भएका छन्।
सोही प्रस्तावमा समर्थन जुटाउन एमाले र काँग्रेसले आफ्ना सांसदहरूलाई अहिले सिंहदरवारमा बोलाएका छन्।
दुवै पार्टीका संसदीय दलको कार्यालयबाट फोनमार्फत सांसदहरूलाई आज बिहान १०:३० बजे सिंहदरबार आइपुग्न भनिएको थियो।
सोमबार कांग्रेस संसदीय दलमा कांग्रेस र एमालेका प्रमुख सचेतकहरूबीच उपसभामुख मगरलाई हटाउने विषयमा कुराकानीसमेत भएको बुझिएको छ।
उनीहरूले दुई तिहाइ पुर्याएर उपसभामुखलाई पदबाट हटाउने तयारी गरेका हुन्।