एमाले हुम्ला बैठकद्वारा प्रधानमन्त्री ओलीको नेतृत्व पुनः आवश्यक रहेको निष्कर्ष

एमाले हुम्ला बैठकद्वारा प्रधानमन्त्री ओलीको नेतृत्व पुनः आवश्यक रहेको निष्कर्ष
+
-

हुम्ला – नेपाल कम्युनिष्ट पार्टी एमाले हुम्लाद्वारा पार्टी र देशका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व पुनः आवश्यक रहेको निष्कर्ष निकालेको छ। पार्टीको जिल्ला कमिटीको सातौ बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सो निर्णय सार्वजनिक गरिएको हो।

पार्टीको निर्णय सार्वजनिक गर्दै एमाले हुम्लाका अध्यक्ष ज्ञानी बुमीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व पार्टी र देशका लागि आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको बताए।

त्यसैगरि बैठकले एघारौ महाधिबेशनबाट सर्वसम्मत अध्यक्ष र मिसन – ८४ को नेतृत्व सहित बहुमत सरकारको प्रधानमन्त्री बनाउने योजनाका साथ अगाडि बढ्न पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। बैठकले अन्तर पार्टी निर्देशन प्राप्त भएका सम्पूर्ण निर्णयको स्वागत सहित दृढ सर्मथन गर्नुका साथै बिधान संशोधन प्रस्तावमा केही सुझाव सहित आधारभूत रुपमा पार्टी केन्द्रबाट प्राप्त बिधान मस्यौदा प्रस्तावको पूर्ण सर्मथन गर्ने निर्णय समेत गरेको छ।

एमाले बैठकले कर्णाली करिडोरका खार्पुमा बेलिब्रीज निर्माणका लागि आवश्यक सहयोग गर्नुका साथै बेलिब्रीजको उद्घाटन गर्न समेत जिल्लामा आउनु भएकोमा धन्यवाद समेत दिएको छ। बैठकले अर्को एक निर्णय गर्दै भ्रष्टाचार, अनियमितता र कुशासन प्रति दृढ बिरोध, सामाजिक न्याय, बिधिको शासन र पारदर्सीताप्रति अविचलित रुपमा अगाडी बढ्ने निर्णय समेत गरेको छ।

बैठकमा एमाले केन्द्रीय सदस्य दलबहादुर रावलले सञ्चारकर्मीहरुले उठाएका सवालहरुको प्रतिकृया समेत दिनु भएको थियो। एमाले हुम्लाको जिल्ला कार्य समितिको बैठक भदौ २ गते सम्पन्न भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?