व्यासको चिस्यान केन्द्रमा बीउ आलु भण्डारण निःशुल्क

व्यासको चिस्यान केन्द्रमा बीउ आलु भण्डारण निःशुल्क
+
-

तनहुँ – जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानका आलु भण्डारणको निःशुल्क व्यवस्था गरिएको छ। केन्द्र सञ्चालनको पहिलो वर्ष परीक्षणको समय भएकाले बीउको आलु भण्डारण निःशुल्क गरिएको हो।

तीन रोपनी क्षेत्रफलमा चिस्यान केन्द्र निर्माण गरिएको छ। आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले व्योहोर्ने जनाएपछि भण्डारण गरिएको हो।

चिस्यान केन्द्र सञ्चालनमा ल्याएपछि आठ मेट्रिकटन बीउ आलु भण्डारण गरिएको कृषि, पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलले जानकारी दिए।

उनका अनुसार व्यास–९ स्थित सुनौलो नयाँ गोरेटो सहकारी संस्था, व्यास–५ को हरियाली कृषक समूह, व्यास–६ को श्याम्घा साना किसान समूह, रिस्ती मादी कृषक समूह र कृषि ज्ञान केन्द्रबाट गरी उक्त परिमाणको आलुको बीउ भण्डारण गरिएको छ।

नगरपालिकाले चिस्यान केन्द्र सञ्चालनका लागि तीन पटकसम्म सूचना जारी गर्दा पनि कुनै सहकारी संस्था वा प्राइभेट फार्मबाट आवेदन नआएपछि नगरपालिका आफैँले सञ्चालन गरेको प्रमुख पोखरेलले बताए।

एक सय ३० मेट्रिकटन क्षमताको चिस्यान केन्द्र गत चैतदेखि विधिवत रूपमा सञ्चालनमा ल्याइएको जनाउँदै उनले गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको उल्लेख गरे।

केन्द्र निर्माणको जिम्मा देवचुली कन्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो। २०७८ भदौ १३ गते कम्पनीले सम्झौता गरी निर्माण अघि बढाइएको थियो। विद्युत् प्राधिकरणले समयमा ‘थ्री फेज’को ट्रान्समिटर जडान नगरिदिँदा एक वर्ष ढिलाइ गरी सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक ठेक्का रकम रु एक करोड ६२ लाख ३२ हजार २४६ रहेकामा थप रु १९ लाख ९८ हजार ६२७ वृद्वि भई करसहित रु करोड ९१ लाख ३२ हजार ७२२ पुगेको नगरपालिकाले जनाएको छ।

वर्षौँदेखि व्यक्तिले कब्जा गरी भोगचलान गर्दै आएको सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए।

आगामी आर्थिक वर्षदेखि व्यास नगरपालिकामा उत्पादित आलु, सुन्तलालगायत फलफूल र तरकारी पूर्ण रूपमा भण्डारण गर्न सकिने उनले बताए।

नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक करिब रु पाँच करोड बाहिरिनबाट रोकिने व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो। “व्यासमा चिस्यान केन्द्र सञ्चालनमा आएपछि आलु, फलफूल, तरकारीलगायत कृषिउपज भण्डारण गरी सुरक्षित राख्न सकिन्छ।

योसँगै कृषिउपज भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य हुने विश्वास गरेका छौँ”, उनले भने। चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषिउपज भण्डारणमा सहज हुने भएपछि यहाँका किसान व्यवसायिक रूपमा उत्साहित भएका छन्।

विशेषगरी आलु, सागसब्जी तथा अन्य कृषिउपजको दीर्घकालीन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न चिस्यान केन्द्र महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?