कर्णाली विकास पत्राकारिता पुरस्कार पत्रकार रावतलाई

कर्णाली विकास पत्राकारिता पुरस्कार पत्रकार रावतलाई
+
-

हुम्ला – कर्णाली विकास पत्रारिकता पुरस्कार देश सञ्चारकर्मी राजन रावतलाई प्रदान गरिएको छ। यो पुरस्कार रावत र दैलेखका ओम शाहीलाई प्रदान गरिएको हो।

कर्णाली प्रदेश सरकारले यसवर्षबाट प्रदान गर्न लागेको कर्णाली विकास पत्रकारिता पुरस्कार रावत र शाहीलाई प्रदान गरिएको छ। बुधबार सुर्खेतमा एक कार्यक्रमबीच यो पुरस्कार प्रदान गरिएको थियो। बिहान हवाई यातायात सुचारु नभएको कारण रावतले सो पुरस्कार ग्रहण कार्यक्रममा सहभागिता भने जनाउन पाएनन्।

पुरस्कारको राशी पैतीस हजार छ। त्यसैगरी कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा यस वर्ष पनि कर्णालीका पत्रकारहरूलाई अन्य पुरस्कार तथा सम्मान प्रदान गरेको हो।

बुधबार वीरेन्द्रनगरस्थित रंगशालामा आयोजित विशेष समारोहमा सात जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान गरिएको हो। यसअघि प्रदेश सरकारले प्रत्येक वर्ष तीन जना पत्रकारलाई मात्र पुरस्कार दिने गरेको भए पनि यसपटक सात जनासम्म पुरस्कृत गर्दै क्षेत्रीय पत्रकारिताप्रति सम्मानलाई थप विस्तार गरेको छ।

७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार कालिकोटका प्रेमराज सिम्खडाले प्राप्त गरे भने ५० हजार रुपैयाँ राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रकाश पन्तले हात पारेका छन्।

यस्तै, कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार हेमन्त केसी लाई प्रदान गरिएको छ। कर्णाली समावेशी पत्रकारिता पुरस्कार सिर्जना बुढाथोकी डाँगी र नौरते नेपालीले प्राप्त गरेका छन। यो पुरस्कारको राशी जसको राशि ३५ हजार रुपैयाँ छ।

प्रदेश सरकारले हरेक वर्षजस्तै यसपटक पनि पत्रकारिता, सञ्चार र सार्वजनिक सेवामा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको परम्परालाई निरन्तरता दिएको जनाएको छ। कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, पुर्बमुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका सदस्यहरुको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?