अन्नपूर्णका पशुमा कृत्रिम गर्भाधान

अन्नपूर्णका पशुमा कृत्रिम गर्भाधान
+
-

म्याग्दी –  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले पालेका गाईभैसीलाई ‘हिट सिङक्रोनाइजेशन’ (मौसमी कृत्रिम गर्भाधान) गराउन थालिएको छ।

हिट सिङक्रोनाइजेशन पशुहरुको हिटलाई एउटै चक्र (समय)मा ल्याएर प्रजनन् प्रभावकारी र व्यवस्थित गर्ने आधुनिक प्रविधि हो। यस बिधि मार्फत् औषधिको प्रयोग गरेर एउटा समूहमा रहेका सबै आमा पशुहरुको हिट वा उत्सर्जन चक्रलाई एउटै समयमा ल्याइन्छ।

अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक प्रकाश जिसीले वडा नम्बर ८ राम्चेका किसानले गरेको गाईमा गरिएको मौसमी कृत्रिम गर्भाधान सफल भएपछि पालिकाभर विस्तार गरिएको जानकारी दिए।

“आर्थिक वर्ष २०८१/८२ मा ८, ६ र ५ नम्बर वडाका करिब ७० वटा गाईभैसीलाई यो बिधीबाट कृतिम गर्भाधान गराइएको छ,” उनले भने “आर्थिक वर्ष २०८२/८३ मा चार सय देखि पाँच सय गाईभैसीलाई हिट सिङक्रोनाइजेशन बिधीबाट गर्भाधान गराउने लक्ष्य छ।”

चैत/बैशाखको समयमा पाडापाठी र बाच्छाबाच्छी जन्मने गरेर गाईभैसीमा कृतिम गर्भाधान गराइएको छ। मौसमी कृत्रिम गर्भाधानबाट एउटै समयमा जन्मिएका पाडापाडी, बाच्चाबाच्छीको पालन–पोषण, खोप र व्यवस्थापन गर्न सजिलो भएको छ।

पशुको प्रजनन् दर बढ्ने, समय र श्रमको बचत हुने, दूग्ध र मासु उत्पादन नियमित र योजनावद्ध हुने भएकाले यो कार्यक्रमलाई प्राथमिकता र निरन्तरता दिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

आर्थिक वर्ष २०८०/८१ रु दुई लाख बजेट रहेको यो कार्यक्रमका लागि २०८१ /८२ मा रु। सात लाख बिनियोजन भएको थियो। २०८२ /८३ मा कृतिम गर्भाधान कार्यक्रमका लागि रु। पाँच लाख बिनियोजन भएको छ।

म्याग्दीमा पहिलो पटक अन्नपूर्ण गाउँपालिकामा पशुमा मौसमी कृतिम गर्भाधान गराइएको हो। यसलाई गाउँपालिकाले सिर्जनशिल र नमुना काम भएको दावी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?