
देश सञ्चार
भदौ ५, २०८२

अ
+
अ
अ
-
जनकपुरधाम – मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भदौ १२ गतेका लागि प्रदेश सभा बैठक आह्वान गरेकी छन्।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
भदौ १२ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ।

