झापाको बुद्धशान्तिमा सवारी दुर्घटना, ९ जना घाइते

झापाको बुद्धशान्तिमा सवारी दुर्घटना, ९ जना घाइते
+
-

झापा- झापाको बुद्धशान्ति गाउँपालिका-३, धर्मकाटास्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १-०१-००१ ज ४०८८ नम्बरको ईभी भ्यान अनियन्त्रित भई बुधबार बिहानको राति दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी उपचारका लागि बिएनसी अस्पताल, बिर्तामोड पठाइएको छ।

घटनालगत्तै प्रहरीले चालक ताप्लेजुङ फुङलिङ गाउँपालिका-२ का करिब ३० वर्षीय लाक्पा थेपेन शेर्पालाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।

घाइते हुनेहरूमा चालक बाहेक अन्य ८ जना रहेका छन्। उनीहरुको विवरण यस प्रकार छ:

१२ वर्षीय सेसेहाङ सुवा, भक्तपुर चाँगुनारायण न.पा.-१

३४ वर्षीय प्रेम यौङहाङ, भक्तपुर चाँगुनारायण न.पा.-१

३२ वर्षीय टिका लिम्बु, भक्तपुर चाँगुनारायण न.पा.-१

४४ वर्षीय बिजय लिम्बु, झापा अर्जुनधारा न.पा.-१०

४२ वर्षीय मन कुमारी लिम्बु, झापा अर्जुनधारा न.पा.-१०

१९ वर्षीया सुविमा लिम्बु, भक्तपुर चाँगुनारायण न.पा.-१

२१ वर्षीया मनिता धिमाल, झापा दमक न.पा.-३

४३ वर्षीया रिता धिमाल, झापा दमक न.पा.-३

दुर्घटनास्थलमा भ्यान तत्कालै रहेको र सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?