नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पक्राउ
+
-

दाङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

चितवनको कालिका नगरपालिका- ५ पदमपुरका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो । उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हुन् ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको छ । उनलाई नक्कली प्रमाणपत्र बनाउने कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसअघि साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए ।

यादवसँग विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली प्रमाणपत्र र ती बनाउन प्रयोग हुने सामग्री बरामद भएको थियो । यादवको बयानका आधारमा कँडेल पक्राउ परेका हुन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’