कोशीः आमसञ्चार विधेयकविरुद्ध पत्रकार आन्दोलित

कोशीः आमसञ्चार विधेयकविरुद्ध पत्रकार आन्दोलित
+
-

मोरङ – कोशी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश आमञ्चार व्यवस्था गर्न बनेको विधेयकविरुद्ध पत्रकारहरू आन्दोलित भएका छन्।

शुक्रबार विधयेकको विरूद्धमा पत्रकारहरूले प्रदेशसभा भवन परिसरमा धर्ना दिएका छन्। विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ।

संसदीय पत्रकार मञ्च कोशीले सभामुख अम्बरबहादुर विष्ट प्रवेश गर्ने गेट र नेपाल पत्रकार महासंघ कोशी प्रदेशले सभा हल बाहिर गेटमा धर्ना दिएको थियो। धर्नामा प्रहरीले अवरोध गरेको मञ्चका अध्यक्ष कुमार लुईंटेलले जानकारी दिए।

प्रहरीले संसद् भवन परिसरबाट संसदीय पत्रकारलाई बाहिर निकालेपछि संयुक्त रुपमा गेट अगाडि शान्तिपूर्ण धर्ना दिइएको उनले बताए।

यसअघि नेपाल प्रेस युनियन, पत्रकार महासंघ, प्रेस सेन्टर, प्रेस मञ्चको टोलीले आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीसँग छलफल गरेको थियो।

छलफलका क्रममा मन्त्री भण्डारीले विधेयक सर्वसम्मतले पारित भएको बताएका थिए। समाचार लेखेको आधारमा दण्ड सजायको प्रवधानलगायतका विषय संशोधन हुनुपर्ने पत्रकारहरूले माग राख्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?