
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो निवास भंगालमा आज तीज कार्यक्रम आयोजना गरेकी छन्।
उनले आउँदै गरेको हरितालिका तीजको अवसरमा आफ्नै निवासमा कार्यक्रम आयोजना गरेकी हुन्। उनले एमाले महिला नेतृहरूलाई यसअघि नै कार्यक्रम सहभागी हुन निम्तो दिएकी थिइन्।
पछिल्लो समय सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले भेटघाट र कार्यक्रमहरुलाई तीव्रता दिइरहेकी छन्।
तस्बिर: नेपाल फोटो लाइब्रेरी