काठमाडौँ- कालिम्पोङका नेपालीभाषी लेखक छुदेन काबिमोको उपन्यास ‘उरमाल’ले गत वर्षको मदन पुरस्कार पाएको छ।
मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो।
यससँगै लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएका प्रेमदेव गिरीलाई २०८१ को जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय पनि गुठीले गरेको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































