मल्टिप्लेक्स चेन आई.एन.आई. सिनेमाजले प्रतिष्ठित विश्वज्योति सिनेप्लेक्सको व्यवस्थापन सम्हाल्यो

मल्टिप्लेक्स चेन आई.एन.आई. सिनेमाजले प्रतिष्ठित विश्वज्योति सिनेप्लेक्सको व्यवस्थापन सम्हाल्यो
+
-

काठमाडौं— नेपालको द्रुत गतिमा विस्तार भइरहेको मल्टिप्लेक्स चेन आई.एन.आई. सिनेमाजले प्रतिष्ठित विश्वज्योति सिनेप्लेक्सको व्यवस्थापन सम्हालेको छ

यो सम्झौतासँगै, आई.एन.आई. सिनेमाजले नेपालभर पाँचवटा मल्टिप्लेक्स सञ्चालनमा ल्याएको छ, जसमा काठमाडौंमा तीन र बुटवल तथा सिमरामा दुईवटा छन्

यसले आई.एन.आई. सिनेमाजलाई १० स्क्रिन र १८६६ सिट क्षमतासहित नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन बनाएको छ। यो सम्झौता आजै आई.एन.आई. सिनेमाजका सीईओ एवं सह-संस्थापक गृहेन्द्र मुनंकर्मी र सीओओ एवं सह-संस्थापक सुरेन्द्रकुमार थापा तथा विश्वज्योति सिनेप्लेक्सका सीईओ रोहनसिंह सराफ र निर्देशक रिवाजसिंह सराफ बीच भएको हो। यससँगै, जमलस्थित विश्वज्योति सिनेप्लेक्सलाई अब आई.एन.आई. सिनेमाज – विश्वज्योति नाम दिइएको छ

आई.एन.आई. सिनेमाजले आफ्नो यात्रा डिसेम्बर २०१९ मा आई.एन.आई. सिनेमाज – लोत्से (गोंगबु, काठमाडौं) बाट सुरु गरेको थियोत्यसपछि कम्पनीले निरन्तर नवीनता र विस्तारलाई आफ्नो मूल उद्देश्य बनाउँदै आएको छ। मार्च २०२२ मा यसले बुटवलको मिलनचोकमा आई.एन.आई. सिनेमाज – क्यूबक्स सुरु गर्यो। सेप्टेम्बर २०२३ मा, नयाँबानेश्वरको एन.बि. सेन्टरमा नयाँ मल्टिप्लेक्स खोल्दै नेपालमै पहिलो पटक GDC DTS:X Immersive Audio प्रणाली भित्र्याएको थियो। यसपछि फेब्रुअरी २०२५ मा सिमराको के.एस.आर. मुभिजलाई आई.एन.आई. सिनेमाज – के.एस.आर.को रूपमा सञ्चालनमा ल्याइयो

मल्टिप्लेक्स सञ्चालनबाहेक, आई.एन.आई. सिनेमाज चलचित्र वितरण, मल्टिप्लेक्सको डिजाइन तथा निर्माण, र उच्च-स्तरीय सिनेमा उपकरणहरू जस्तै प्रोजेक्टर, सर्भर र इमर्सिभ अडियो प्रणालीको आयातमा पनि सक्रिय छ

२०१९ मा स्थापित यो कम्पनी छोटो समयमै नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स श्रृंखला बनेको छकम्पनीले अत्याधुनिक प्रविधि र विश्वस्तरीय सुविधाका माध्यमबाट दर्शकलाई प्रिमियम मनोरञ्जन अनुभव दिने लक्ष्य लिएको छ

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’