बिकेभिएम कप फुटबलः उपाधिका लागि बिकेभिएम र मोर्डन एरा भिड्ने

बिकेभिएम कप फुटबलः उपाधिका लागि बिकेभिएम र मोर्डन एरा भिड्ने
+
-

मोरङ – विराटनगरमा जारी १४ वर्षमुनिको बिकेभिएम कप फुटबलको उपाधिका लागि मोर्डन एरा बोर्डिङ स्कुल र बिकेभिएमबीच प्रतिस्पर्धा हुने भएको छ।

शुक्रबार बिकेभिएमको घरेलु मैदान सम्पन्न पहिलो सेमिफाइनलमा बिकेभिएमले विराट शिक्षा निकेतनलाई १–० शून्यले स्तब्ध बनाउँदै उपाधि नजिक पुगेको हो।

निर्धारित ५० मिनेटको खेलको पहिलो हाफमा दुवै विद्यालय गोलरहित बराबरीमा रोकिएका थिए। जित हात पारेको बिकेभिएमका लागि निर्णायक गोल भने दोस्रो हाफमा भएको थियो।

प्रतिस्पर्धात्मक बनेको खेलको ३८ औँ मिनेटमा बिकेभिएमका लागि स्पर्श मगरले आकर्षक गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याएका थिए। उनी प्लेयर अफ दि म्याच भए।

त्यसैगरी दोस्रो सेमिफाइनलमा मोर्डन एरा सेकेण्डरी स्कुलले अर्पण सेकेण्डरी स्कुललाई १–० ले पाखा लगाउँदै फाइनलको टिकट काटेको छ।

खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए। मोर्डन एराको जितमा रोसिक राईले खेलको ४२ औँ मिनेटमा गोल गरेका थिए। राई प्लेयर अफ दि म्याच भए।

प्रतियोगितामा प्राविधिक सहयोग गरिरहेको जिल्ला फुटबल संघ, मोरङका सहकोषाध्यक्ष अमित झाका अनुसार उपाधिका लागि मोर्डन एराले शनिबार अपराह्न ४ बजे हुने फाइनलमा बिकेभिएमको सामना गर्नेछ।

बिकेभिएमले यसअघि ग्रीनल्याण्ड स्कुललाई १०–० ले पराजित गरेको थियो। त्यसैगरी मोर्डन एराले एभरेष्ट सेकेण्डरी स्कुल र ग्रेडेड सेकेण्डरी स्कुललाई पराजित गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?