नेपाल नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच आँखा उपचारमा सहकार्य

नेपाल नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच आँखा उपचारमा सहकार्य
+
-

काठमाडौँ- नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौँ विश्वविद्यालय अस्पताल (डीएच–केयूएच)बीच आँखा स्वास्थ्य, शैक्षिक तालिम र अनुसन्धान प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा विराजमान कर्माचार्य र नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले शुक्रबार द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार धुलिखेल अस्पतालका आवासीय चिकित्सक र नेत्र विशेषज्ञलाई एनएनजेएस अन्तर्गतका विभिन्न अस्पतालमा तालिम, अनुसन्धान र बाह्य कार्यक्रममा सहभागी गराइनेछ ।

सोहीअनुरूप काठमाडौँ विश्वविद्यालयका ग्लोबल हेल्थ तथा एपिडेमियोलोजी विषयका विद्यार्थीलाई पनि एनएनजेएसमा शैक्षिक आदान–प्रदान, अध्ययन भ्रमण र अनुसन्धानमा सहभागी गराउने व्यवस्था गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रकाअनुसार दुई संस्थाकाबीच संयुक्त अनुसन्धान र सहप्रकाशनसमेत हुनेछ ।

अठ्ठाइस आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत नेपाल नेत्रज्योति सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’