गोल्डस्टारकी विदुशी राणा: ‘तीज महिलाहरूको पर्व मात्र नभई दिदीबहिनीबीचको एकताको दिन हो’

गोल्डस्टारकी विदुशी राणा: ‘तीज महिलाहरूको पर्व मात्र नभई दिदीबहिनीबीचको एकताको दिन हो’
+
-

काठमाडौं- नेपालमा जुत्ता उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएको गोल्डस्टार जुत्ताकी ब्रान्डिङ तथा मार्केटिङ डाइरेक्टर विदुशी राणा यस वर्षको तीज काठमाडौंबाहिर मनाउँदै छिन्। तीजलाई महिलाको पर्व मात्र नभई दिदीबहिनीको एकता र प्रेमको प्रतीक मान्ने राणाले आफ्ना तीजका अनुभवहरू देशसञ्चारकर्मी कपिल भण्डारीसँग यसरी बाँडेकी छन्:

तपाईंलाई बाल्यकालको तीजको पहिलो सम्झना कहिलेदेखि छ?

मेरो बाल्यकालको पहिलो तीजको सम्झना मेरी आमासँग जोडिएको छ। उहाँ रातो सारी, रातो चुरा, रातो धागो र रातो टीका लगाएर दिनभरि व्रत बस्नुहुन्थ्यो। उहाँको त्यो सुन्दर रूप देखेर म मोहित हुन्थें। बेलुकी उहाँले पूजा गर्नुहुन्थ्यो र दिनभरि केही नखाई बस्नुभएको देखेर मलाई अचम्म लाग्थ्यो। सानो हुँदा शिवजीजस्तो राम्रो श्रीमान् पाउनका लागि तीजमा व्रत बस्नुपर्छ भन्ने भनाइ सुनेकी थिएँ।

तपाईंलाई तीज किन विशेष लाग्छ?

सुरुदेखि नै यो व्रत श्रीमान्को दीर्घायु र राम्रो स्वास्थ्यका लागि हो भनेर सुनेकी छु। म जसलाई माया गर्छु, उहाँको लागि यस्तो व्रत बस्न पाउँदा मलाई खुसी लाग्छ। यदि एक दिन व्रत बसेर पूजा गर्दा उहाँको जीवन लामो र स्वस्थ रहन्छ भने म यो खुसीसाथ गर्न तयार छु।

तीजको महत्वपूर्ण पक्ष तपाईंलाई के जस्तो लाग्छ?

अहिले तीज महिलाहरूको पर्व मात्र नभई दिदीबहिनीबीचको स्नेह र एकताको दिन बनेको छ। एक दिनअघिदेखि नै सबै जना भेला भएर दर खाने, रमाइलो गर्ने, अनि अर्को दिन व्रत बसेर पशुपतिनाथ वा शिव मन्दिरमा पूजा गर्न जाने चलन छ। यसरी दिदीबहिनीहरू एक ठाउँमा भेला भएर सम्बन्ध मजबुत बनाउनु नै तीजको एक महत्वपूर्ण पक्ष हो।

यसपालीको तीज तपाईं कसरी मनाउँदै हुनुहुन्छ? यसमा केही फरक छ?

यस वर्षको तीज मेरो लागि फरक हुनेछ किनकि म काठमाडौंबाहिर हुनेछु। म बैंककमा एउटा बैठकका लागि जाँदैछु, त्यसैले घरमा पूजा गर्न सक्ने छैन। तर, मलाई लाग्छ कि आस्था मनमा राखेर बाहिरबाट जे सकिन्छ त्यति गर्नेछु। कार्यरत महिलाका लागि परम्परागत तरिकाले तीज मनाउनु गाह्रो हुन्छ। त्यसैले यो तीज मेरो लागि अलिक फरक हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?