बाबुको मुख हेर्ने दिन गोकर्णेश्वर मन्दिरमा श्रद्धालुहरूको भीड (तस्बिरहरू)

बाबुको मुख हेर्ने दिन गोकर्णेश्वर मन्दिरमा श्रद्धालुहरूको भीड (तस्बिरहरू)
+
-

काठमाडौँ- भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीहरूले वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग हुने पवित्र कुश घरमा भित्र्याएर मनाइँदैछ।

शास्त्रमा उल्लेख भएअनुसार, ब्राह्मणले पूजा गरी उखेलेर यजमानकहाँ पुर्‍याएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

आजको दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ।

यसै अवसरमा, छोराछोरीहरूले आफ्ना बाबुलाई मन पर्ने मिठाइ र भोजन खुवाएर आदर तथा सम्मान प्रकट गरी ‘बाबुको मुख हेर्ने’ चलन रहेको छ। बाबु नहुनेहरू विभिन्न पवित्र स्थलमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान र श्राद्ध गरी सिदा दान दिने गर्दछन्।

आजको दिन विशेषगरी ‘उत्तरगया’ भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ।

यसैले आजको औँसीलाई ‘गोकर्णे औँसी’ नामले पनि चिनिन्छ। गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान र सिदादान गर्नेहरूको बिहानैदेखि भीड लागेको छ।

तस्बिरहरूः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?