
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको बताए। शेषनागले पृथ्वी बोक्ने कुरा दन्तेकथा भइसकेको बताउँदै शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी दिए।
आज विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्दै अर्को पुष्टि गरिसकेको उनको भनाइ थियो।
उनले भने, ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन। शेषनागले पृथ्वी बोकेको पनि हुँदैन। त्यो त दन्ते कथा हो। शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्तेकथा हो। आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो। त्यसकारणले यो पृथ्वी चल्छ, केही ढल्दैन।’