समाज हितका लागि सामूहिक धार्मिक पूजा

समाज हितका लागि सामूहिक धार्मिक पूजा
+
-

मोरङ – विश्व कल्याण, समाज हितको उद्देश्यसहित विराटनगरमा कार्यक्रम आयोजना गरिएको छ। कुसे औसीका अवसरमा विराटनगर १३ स्थित मनोकामेश्वर शिव मन्दिरमा शनिबार शिव पुजनसहित, रुद्राभिषेक, कन्या पुजा, हवन अनुष्ठान आयोजना गरिएको हो।

अप्पन समाजद्वारा आयोजित धार्मिक कार्यक्रममा स्थानीयले धर्म रक्षा र विश्वमा देखिएको अशान्तलाई कमी गराउनका लागि दुईवर्षदेखि धार्मिक पूजा आयोजना गरिदै आएको अप्पन समाजका महासचिव राकेश रोशन यादवले जानकारी दिए। यस धार्मिक कार्यक्रमले आफ्नै भाषा आफ्नै संस्कृतको संरक्षण र प्रवद्र्धन हुने उनको भनाई छ।

यादवले ११ हजार शिव लिंग पूजाको संकल्प गरिएको भएपनि १८ हजार ६ सय शिव लिंगपूजा आयोजना गरिएको जानकारी दिए। शिव पूजाप्रति श्रद्धालु भक्तजनको समेत विशेष झुकाव देखिएको उनको भनाई छ। त्यसैगरि, ९ जना कन्याको समेत पूजा गरिएको उनले बताए।

सामाजिक कार्य गर्दै आएको अप्पन समाजको यस पूजाका लागि करिब १ लाख २५ हजार रुपैया बराबरको खर्च भएको समाजका कोषाध्यक्ष वीरेन्द्रकुमार भगतको अनुमान गरेको छ। भगतका अनुसार महादेव पूजन कार्यक्रममा माटोको मुर्ति, एवं पौराणिककालमा प्रयोग भएका विभिन्न धार्मिक सामग्रीलाई राखेर मनोकामेश्वर शिवको पूजाअचर्ना गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?