बालरोग विशेषज्ञ डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ सार्वजनिक गरिएको छ। प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, आख्यानकार तथा प्राज्ञ अमर न्यौपाने र लेखक डा. केसी स्वयंले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।
कार्यक्रममा बोल्दै आख्यानकार अमर न्यौपानेले ‘स्वस्पर्श’लाई मानिसको मानसिक स्वास्थ्य सुदृढ पार्ने एक प्रभावकारी उपहार भएको बताए। ‘डाक्टरसँग भेट्दा मानिसको आधा रोग निको हुन्छ। त्यसमाथि कथा सुनाएर उपचार गर्ने डा. केसीको यो पुस्तक मानसिक स्वास्थ्यका लागि थप ओखती बनेको छ।’ उनले भने।
त्यस्तै, वरिष्ठ चिकित्सक डा। भगवान कोइरालाले ‘स्वस्पर्श’लाई सबै उमेर समूहका लागि उपयोगी पुस्तकका रूपमा रहेको बताउनु हुँदै बालबालिका र मानसिक रूपमा विक्षिप्त मानिसहरूको उपचारमा पनि यो पुस्तक सहयोगी रहने बताए।
लेखक डा. केसीले पुस्तकलाई आशा, प्रेरणा र खुसीका कथाको संग्रहका रहेको धारणा राखेका थिए।
पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएकाे हाे।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































