‘पदको मोह बढी भएका कलाकारहरू पार्टीमा छन्’  

+
-

नेपालमा अघिल्लो पुस्ताका कलाकारले नियमित काम पाउन गाह्रो छ। कतिपय पुराना कलाकारले सिरियलतिर काम गरिरहेका छन्। तर अभिनेता कृष्ण मल्ल यस्ता ‘पाेष्ट हिराे’ हुन् जसले सिनेमा नखेले पनि यो क्षेत्रमा केही न केही गरिरहेका छन्।

मल्ल ‘पोष्ट हिरोको लाइफ’लाई जीवनशैलीसँग भन्दा पनि कामसँग जोड्छन्। भन्छन्, ‘पर्दामा मात्रै हिरो होइन। कोही हिरो मात्रै बनेर आउँछ भन्न गाह्रो छ। हिरो पछाडिको जीवन पनि छ। अझ म एक्टर भन्छु।’

‘बिस्तारै आफूलाई समयअनुसार ढाल्दै जानु पनि कला हो। केही न केही सक्रियता देखाइरहेकाे छु। आफू सुहाउँदो अभिनय पनि गर्दै जानु पर्छ,’ उनले भने।

‘बासुदेव,’ ‘गोठालो,’ ‘मायाप्रिती,”गाजल’जस्ता चलचित्रमा काम गरिसकेका मल्ल पुराना कलाकारले ‘स्पेस’ नपाएको प्रति चिन्ता सुनाउँछन्, ‘पुराना कलाकारलाई काम दिएनन् भन्ने होइन। नयाँ कलाकारको बिचारसँग सहकार्य गर्न समय अनुसार आफूलाई ढाल्दै जानु पर्छ।’

त्यो बेला गोदाबारी एल्मुनाइले इन्टरकलेज नाटक फेस्टिबल गरेको थियो। मरुभूमिको लेखक शीर्षकको नाटक गरें। त्यसपछि नाटक गर्ने आत्मविश्वास बढेको थियो

९० को दशकमा अभिनय गरेका कलाकारले बलिउडमा आज पनि काम पाइरहेका छन्। नेपालमा पनि पाउन सक्छन्। तर समय अनुसार कथा भन्न र कलाकारलाई आजको ‘टाइम फ्रेम’मा ल्याउने लेखक निर्देशक हुनु पर्ने बताउँछन् मल्ल।

मल्ल प्रेम कथामा आधारित फिल्ममा चकलेटी हिरोको परिचय बनाएका थिए। सामाजिक यथार्थबादका चलचित्रमा अभिनय गर्दै आएका मल्लको अभिनय यात्रा तीसका दशकदेखि नै सुरु भएकाे थियाे । २०२८ सालमा काठमाडौं आएर त्रि-चन्द्र कलेजमा पढ्न थालेपछि उनी रंगमञ्चमा जाेडिएका थिए।

त्रि-चन्द्र कलेजको बार्षिकोत्सवमा त उनले नाटकमा खेल्थे। ‘त्यो बेला गोदाबारी एल्मुनाइले इन्टरकलेज नाटक फेस्टिबल गरेको थियो। मरुभूमिको लेखक शीर्षकको नाटक गरें। त्यसपछि नाटक गर्ने आत्मविश्वास बढेको थियो,’ उनले ती दिन स्मरण गरे।

२०४२ सालमा नेपाल टेलिभिजन स्थापना भएपछि उनलाई साथ दिए नीर शाहले। उनैले टेलिभिजनमा ‘श्री पाँच पृथ्वीनारायण शाह’ टेभी श्रृंखला बनाउन पाए। भर्खरै टेलिभिजन आएको थियो। अनि हामीले ‘चक्रव्यूह,’ ‘टाढाको बस्ती,’ ‘मार्शल’ जस्ता सिरियल बनाइयो दर्शकको मन पनि जित्यो,’ मल्लले भने।

एकेडेमी, राष्ट्रिय नाचघरहरूमा काम गरेका मल्लले ‘श्री समूह’ नाटक ग्रुप नै बनाए। आफ्नो करिअरमा तीन जना पात्रलाई उनी बिर्सिदैनन्, चलचित्रकर्मी नीर शाह, फिल्म निर्देशक बिएस थापा नाट्यकर्मी हरिप्रसाद रिमाल। उनी भन्छन्, ‘मेरा लागि स्टेज, फिल्म र रेडियोमा काम गर्ने अवसर उहाँहरूको कारणले सम्भव भएको हो।’

अहिले पनि राम्रो चलचित्र बन्ने क्रममा रहेको बताउने मल्ल अभिनेता सौगात मल्लको अभिनयबाट प्रभावित भएको बताउँछन्। भन्छन्, ‘अभिनेता सौगात मल्लको अभिनयले मलाई छुन्छ। उसको अभिनयमा कृत्रिमता देखिँदैन। केही अरू पनि छन तर पहिलो नम्बरमा सौगात नै राख्छु।

राजनीतिप्रति खुसी हुन्थे भने या अरुको कुरालाई ‘हस्, भइहाल्छ नि’ स्वभावका हुन्थे भने मल्लले नेपाल टेलिभिजनको सातौ तहको जागिर छोड्थेनन्। भन्छन्, ‘म जागिर खान नसक्ने मान्छे रहेछु। मलाई कुनै कुरा अरूले लादेको मन पर्दैनथ्यो। कसैको दबाबमा बस्नु मेरो स्वभाव रहेनछ। त्यसो हुँदा मैले जागिर छोडें।’

नेपाल फिल्म सोसाइटीको अध्यक्ष भएर काम गरेका मल्ल पछिल्लो समय अमेरिकामा फिल्म अवार्ड कार्यक्रम पनि गर्दै आइरहेका छन्।

उमेरका ६ दशकमा पनि उत्तिकै सक्रिय मल्ल अहिले पनि स्टेजलाई मिस गर्छन्। भन्छन्, ‘त्यो स्वर्णिम समय अब पाउँदिनँ।’

अभिनयले उनलाई यति खिच्यो कि आफ्नो पारिवारिक पृष्ठभूमि बिर्सिए। उनका बुवा राजनीति गर्थे। ठेक्कापट्टा गर्थे। तर उनले सबै कुरा बिर्सिए। भन्छन्, ‘राजनीतिक पृष्ठभूमिको परिवार भए पनि मलाई कलाले तान्यो। त्यता लागें। बुवाले रोक्नु भएन।’

त्रि-चन्द्र कलेज पढ्दाका दिनमा विद्यार्थी राजनीति गरेको बताउँछन् मल्ल। उनी भन्छन्, ‘विद्यार्थी जीवनमा अभिनय र राजनीतिलाई सँगसँगै ल्याएको थिएँ। पछि विस्तारै राजनीति खेलप्रति मन मर्दै गयो। तर राजनीतिले मलाई आजसम्म छोडेको छैन।’

भन्छन्, ‘राजनीति बडो निर्मम खेल हो। यहाँ पसेपछि भावना गुमाउनु पर्छ। त्यसैले झट्ट खुलेर नलागेको हुँ।’

राजनीतिप्रति खुसी हुन्थे भने या अरुको कुरालाई ‘हस्, भइहाल्छ नि’ स्वभावका हुन्थे भने मल्लले नेपाल टेलिभिजनको सातौ तहको जागिर छोड्थेनन्। भन्छन्, ‘म जागिर खान नसक्ने मान्छे रहेछु। मलाई कुनै कुरा अरूले लादेको मन पर्दैनथ्यो। कसैको दबाबमा बस्नु मेरो स्वभाव रहेनछ। त्यसो हुँदा मैले जागिर छोडें।’

अहिले पनि उनलाई धेरै राजनीतिकर्मीले आफ्नो पार्टीमा आउन अनुरोध गरेका छन्। कुनै एक पार्टीप्रति उनको आस्था पनि छ। नेपालको राजनीति बिग्रिदो अवस्थामा देख्छन्। भन्छन्, ‘राजनीति बडो निर्मम खेल हो। यहाँ पसेपछि भावना गुमाउनु पर्छ। त्यसैले झट्ट खुलेर नलागेको हुँ।’

सांसद चन्द्र ढकाल, सुनिल शर्मा जस्ता प्रखर बक्ता मन पराउँछन् मल्ल। तर नेपाली राजनीतिमा तीन पात्र शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी शर्मा ओलीको राजनीतिबाट माथि उठ्नु पर्ने समय आएको बताउँछन्।

अहिले कलाकारहरू पनि राजनीतिमा हाेमिएकाेमा उनी खुसी छन्। तर राजनीतिक चेत भएर पार्टीमा लागेका हुन् कि कुनै पदकाे लाेभले हाे त्याे बारेमा गम्भीर छन् मल्ल। भन्छन्, ‘पदकाे माेह बढी राजनीति चेत कम भएका कलाकार पार्टीमा लागेका छन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?