
हुम्ला – नजिकिँदै गरेको नेपाली महिलाहरुको हरितालिका तीजलाई भड्किलो नबनाउन आग्रह गरिएको छ। नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ ( क्रान्तीकारी ) द्धारा आयोजना गरिएको शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा सो कुरा बताइएको हो।
आयोजित कार्यक्रममा बक्ताहरु शुभकामना दिने क्रममा तीज हुम्ला जिल्लाकी महिलाहरुको आफ्नै चाडपर्व नभएको भएपनि पछि आयात भएको र यसलाई धेरै भड्किलो र तडकभडक नबनाउन उनीहरुले महिलालाई आग्रह गरेका थिए।
तीजले महिलाबिच निक्कै ठुलो खाडल कोर्न लागेको बताउदै सवैको समान सहभागिता हुने किसिमले तीज मनाउनु पर्ने उनीहरुले बताएका थिए। त्यसैगरि गरगहना प्रर्दशनी र मुल्यवान पोसाक र पहिरन लगाए महिला महिलाविचको गरिब र धनी देखाउने कार्य पनि गर्न नहुने उनीहरुले बताएका थिए।
यसरी तीजलाई मौलिकता झल्काउने कृयाक्लापहरु गर्न आग्रह गर्नेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, प्रदेश कमिटी सदस्य जसबहादुर भण्डारी, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम, अनेमसंघी अध्यक्ष मन्जु रावल, नेपाल महिला संघकी ख नम्बर प्रदेशकी अध्यक्ष छपाल लामालगायतले सो सुझाव दिएका थिए।