टक्सार बजारमा खुल्यो सङ्ग्रहालय

टक्सार बजारमा खुल्यो सङ्ग्रहालय
+
-

टक्सार (भोजपुर) – भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ। भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो।

नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना गरी सर्वसाधारणका लागि खुला गरेको हो। परम्परागत सामग्री भावी पुस्ताका लागि संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको संस्थाका अध्यक्ष किशोरकुमार ताम्रकारले बताए।

उनले भने, “टक्सारमा पहिला एक र दुई पैसाका टक पनि काटिने गरिथ्यो, त्यो पैसा समेत सङ्ग्रहालयमा देख्न सकिन्छ, यसको व्यवस्थापन र सञ्चालनका लागि आगामी दिनमा दीर्घकालीन योजनाका साथ अघि बढ्नेछौँ।”

सङ्ग्रहालयमा हलो, काठका विभिन्न सामग्री, लालटिन, माटाका भाँडा, क्यासेट राखिएको छ। संस्थाका सचिव यदु सुवालले स्थानीय स्तरमा प्रयोग भएका पुराना सामग्री सङ्ग्रह गरी सङ्ग्रहालय स्थापना गरिएको बताए।

कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सिर्जना राईले टक्सार एतिहास ठाउँ भएको उल्लेख गर्दै सङ्ग्रहालयले यहाँको संस्कार र संस्कृति जोगाउन सहयोग पु¥याउनेमा विश्वास व्यक्त गरे। विसं १८७२ मा राजा गीर्वाणयुद्ध शाहको पालामा स्थापना भएको ऐतिहासिक टक्सार बजारको संरक्षण गर्न पनि सङ्ग्रहालय स्थापना गरिएको समाजसेवी चन्द्रकुमार उदासले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?