
काठमाडौं- यु-१७ महिला साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले अर्को दाबेदार बंगलादेश सँग ३-० को एकतर्फी हार भोगेको छ। बंगलादेशको जितमा थिनयुन मार्मा, सौरवी अकान्डा प्रीति र रेहाले गोल गर्दा नेपालले भने एक गोल पनि गर्न सकेन।
भुटानको राजधानी थिम्पुमा भएको खेलमा दुई पटकको विजेता बंलादेशले पहिलो हाफमा नेपाललाई दबाबमा राख्दै २ गोल गरेको थियो। निरन्तर आक्रमण गरेको बंगलादेशले गोल भने पहिलो हाफको अन्तिम समयमा निकाल्यो।
बंलादेशका खेलाडीले गरेका उत्कृष्ट प्रहारलाइ नेपालकी गोलरक्षकले बचाएकी थिइन्। तर ४१ औं मिनेटमा बक्सभित्रबाट थिनयुन मार्माले बंगलादेशको गोल खडेरी तोडिन्। ४५ औं मिनेटमा सौरवी अकान्डा प्रीतिको गोलमा बंलादेशले पहिलो हाफमा २-० को अग्रता बनायो।
नेपाल दोस्रो हाफमा खेलमा फर्कन सकेन। पुरै अवधि बंगलादेशले खेल नियन्त्रणमा लियो। तर इन्ज्युरी समयमा रेहाको गोसँगै बंगलादेशले ३-० को जित दर्ता गर्यो। जितसँगै ३ अंक जोडेको बंगलादेशले उपाधि दाबेदारी कायम राख्दा नेपाल भने प्रतियोगितामा चार टिम मध्ये तेस्रो हुने सम्भावना देखिउको छ।
तीन खेलमा बंगलादेशले ६ अंक बनाएको छ। यसअघि बंगलादेशले भुटानलाई ३-१ ले हराउँदा भारतसँग २-० को हार भोगेको थियो। नेपाल भने पहिलो खेलमा भारतसँग ७-० ले हार्दा दोस्रो खेलमा भुटानलाइ २-१ ले हराउन सफल भएको थियो।