
हुम्ला – गत आर्थिक वर्षको असार मसान्तसम्म १३ करोड १९ लाख पाँच हजार ७५ दशमलव ४१ रुपैयाँको खाद्यान्न बिक्री गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णबहादुर पुनमगरले बताएका छन्। उनका अनुसार यो लिमिटेडको शाखा, डिपो र बिक्री केन्द्रमा बिक्री भएको १४ हजार ९३८ दशमलव ७८ क्वीन्टल खाद्यान्न बिक्रीबाट प्राप्त भएको नगद हो।
जिल्लाका लागि शाखा, डिपो र बिक्री केन्द्रका लागि २३ हजार २२७ दशमलव दश क्वीन्टल खाद्यन्न प्राप्त भएको थियो। लिमीटेडको शाखाबाट हाल पौष्टिक तत्व युक्त बास्मती, जिसा मसिनो, अरुव सोना मन्सुली, अरुवा मोटा लगाएत सात प्रकारको चामललाई फोर्टीफाईड गरिएकाले गुणस्तीय खाद्यान्न बिक्री भइरहेको छ। यता नयाँ आर्थिक वर्षको खाद्यान्न ढुवानीको ब्यवस्था नभए पनि हाल शाखाको गोदाममा खाद्यान्न मौज्दात राम्रो रहेको छ। सर्वसाधारणको लागि खाद्यान्न उपलब्ध गराउनका लागि जिल्लाकाा सात वटा गाउँपालिकामा एउटा शाखा, दुई वटा डिपो र छ वटा बिक्री केन्द्र स्थापना गरिएका छन्। अघिल्लो आर्थिक वर्षकै खाद्यान्न कोटा मध्य हाल डिपो र शाखामा गरि साात हजार १०१ दशमलव ६७ क्वीन्टल खाद्यान्न मौज्दात छ।
खाद्यान्न पाउन सहज
सधै भिडभाड र लामो लाईनमा वसेर खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता हटेको छ। हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालसंग जोडिदा लिमिटेडले जिल्लामा उपलब्ध गराउने कोटाको खाद्यान्न पैदल मार्गबाट ढुवानी हुँदा प्रयाप्त खाद्यान्न आउन थालेपछि खाद्यान्न समस्या हट्दै गएको हो। दुई वर्ष अघिको साउन महिना बिहान पाँच बजेबाट लाईनमा बसेर दिउसो तीन वजे पाँच केजी खाद्यान्न लिएर घर पुग्नु पर्ने अबस्था थियो। एक त कोटा भाग त्यस माथि आवश्यक परेको बेला खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको सिमकोट शाखाको कार्यालयमाा पुगेपछि आवश्यक खाद्यान्न पाउने भएपछि धेरै समस्या हटेको छ। अझ अर्को चार वर्ष अगाडीको दशैमा दुई केजी खाद्यान्न पाएको र त्यसबाट दशैमा अक्षता बनाउने समस्या टरेको छ।
अझ खाद्यान्न लिन कै लागि नेताका चीट, भनसुन र प्रमुख जिल्ला अधिकारी अधिकारीको कार्यालयम धाउनु पर्ने बाध्यता हटेको होे। सडक सञ्जाल जोडिए कै कारण खाद्यान्न आपुर्ती सहज हुँदा हुम्लावासीले खाद्यान्न लिन घण्टौ लाईनमा वस्नु पर्ने बाध्यता हटेको जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले बताए। हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यताले कहिल्यै निर्धारित कोटाको खाद्यान्न जिल्लामा ढुवानी नसकेको कारण खाद्यान्न ढुवानी कमी र माग बढी हुँदा खाद्यान्न समस्या देखिएको उनको भनाई छ। गत वर्षबाट पैदल मार्गबाट खाद्यान्न आपुर्ती हुन थालेपछि तोकिएको कोठाको खाद्यान्न समय मै ढुवानी हुनुले पनि समस्या ननिम्तएको हो। सधै नपाउने भएको कारण पहिले खाद्यान्न भएको बेला सवै उपाय प्रयोग गरेर खाद्यान्न निकालेर मौज्दात गर्नुपर्ने बाध्यता हुम्लावासीमा पनि रहेको छ।
जनसंख्या अनुसार खाद्यान्न कोटा पर्याप्त
हुम्ला जिल्लाको जनसंख्या ५५ हजार ३९४ रहेको छ। यो जनसंख्याको लागि लिमिटेडले जिल्लाकै माग अनुसार निर्धारण गर्ने खद्यान्न कोटा प्रयाप्त भएको जिल्ला खाद्य ब्यवस्था समितिले जनाएको छ। हुम्लाको खाद्यान्न समस्या पहिलेसंग तुलना गर्न नमिल्ने देखिएका छ किन कि अहिले त सर्वसधारणले आवश्यक खाद्यान्न सहज रुपम लिने गरेका छन्। अर्को कुरा जिल्लामा भएको जनसङ्ख्यामध्ये केही जिल्ला बाहिर बस्ने भएकोले पनि खाद्यान्न सहज रुपमा उपलब्ध हुने गरेको छ। बजार मुल्य भन्दा लिमिटेडको खाद्यान्न सस्तो पनि पर्ने बताउदै निर्धारित कोटाको खाद्यान्न प्रयाप्त रहेको छ।
पहिले प्रमुख जिल्ला अधिकारीको कामै खाद्यान्नको चिट काट्ने भएपछि पछिल्लो समय जिल्लामा आएका प्रजिअले त्यो काम गर्नु परेको छैन। नयाँ आर्थिक वर्षको खाद्यान्न ढुवानीको ब्यवस्था नभए पनि हाल शाखाको गोदाममा खाद्यान्न मौज्दात राम्रो रहेको छ। सर्वसाधारणको लागि खाद्यान्न उपलब्ध गराउनका लागि जिल्ला सात वटा गाउँपालिकामा एउटा शाखा, दुई वटा डिपो र छ वटा बिक्री केन्द्र स्थापना गरिएका छन्। अघिल्लो आर्थिक वर्ष कै खाद्यान्न कोटा मध्य हाल डिपो र शाखामा गरि साात हजार १०१ दशमलव ६७ क्वीन्टल खाद्यान्न मौज्दात रहेको छ।