हैजा प्रभावित वीरगञ्जको भ्रमणमा स्वास्थ्यमन्त्री पौडेलले के भने?

हैजा प्रभावित वीरगञ्जको भ्रमणमा स्वास्थ्यमन्त्री पौडेलले के भने?
+
-

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार हैजा तीव्र दरमा देखिएको वीरगञ्ज सहरका अस्पतालहरूको निरीक्षण गरेका छन्।

उनले अस्पतालहरूको भ्रमण गर्दै वीरगन्जमा झाडापखाला र हैजाले संक्रमित बिरामीहरूको उपचारमा कुनै पनि समस्या हुन नदिन सरकार लागिपरेको पनि बताएका छन्।

निरीक्षणका क्रममा स्वास्थ्यमन्त्री पौडेलले भने, ‘उपचारमा कुनै पनि समस्या हुन नदिने प्रयत्न सरकारले गरिरहेको छ।’ हैजाको उपचार सरकारी अस्पतालमा पूर्णतया निशुल्क हुने पनि स्वास्थ्यमन्त्री पौडेलले बताए। स्वास्थ्यमन्त्री केही हैजा प्रभावित बिरामीका आफन्तले बाहिरबाट औषधि किनेर ल्याउनुपरेको गुनासो गरेपछि उनले सरकारी अस्पतालमा औषधि किन्नुनपर्ने र परीक्षण निशुल्क हुने व्यवस्था मिलाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका थिए।
उनले उपचारका क्रममा अस्पतालमा औषधि र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता पनि जनाएका थिए। निरीक्षणका क्रममा स्वास्थ्यमन्त्री पौडेलले निजी अस्पतालहरूलाई पनि व्यापारभन्दा सेवाभावले बिरामीको उपचार गर्न आग्रह गरेका थिए।

झाडापखाला र हैजाको कारण पत्ता लगाउनका स्वास्थ्य मन्त्रालयले वीरगञ्जमा विज्ञ र प्राविधिकसहितको टोली परिचालन गरेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’