कोशीः आमसञ्चार विधेयकविरुद्ध महासंघद्वारा आन्दोलन घोषणा

कोशीः आमसञ्चार विधेयकविरुद्ध महासंघद्वारा आन्दोलन घोषणा
+
-

मोरङ – कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार विधेयक संशोधनको माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन्।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशले विज्ञप्ति जारी गर्दै सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित हुने विधेयक ल्याउने खोजेको भन्दै चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघकी महासचिव हिमाकुमारी चेम्जोङले पटक–पटक छलफल गर्दा समेत प्रदेश सरकारले विधेयक ल्याउन खोज्नु आपत्तिजनक भएको बताइन्।

चेम्जोङका अनुसार विरोध जनाउँदै १४ जिल्लाका पत्रकारहरुले विधेयक संशोधन गर्न र प्रेसमैत्री विधेयक ल्याउन माग गरेका हुन्।

महासंघको घोषणाअनुसार सोमबार प्रदेशका पत्रकारहरुले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विधेयक सच्याउन सरकार र प्रदेश सभासँग माग गर्नेछन्।

त्यसैगरी भदौ १० गते प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विभागीय मन्त्री तथा संसदीय दलका नेताहरूलाई भेटेर विधेयकको विषयमा ध्यानाकर्षण गराइने तय भएको महासंघ महासचिव चेम्जोङले जानकारी दिइन्।

भदौ ११ गते प्रदेशका पत्रकारहरुले आआफ्नो क्षेत्रबाट निर्वाचित र समानुपातिक प्रदेशसभा सदस्यहरूलाई विरोधात्मक सन्देश पठाउने छन्।

भदौ १२ गते नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले मुख्यमन्त्री कार्यालय र जिल्लातर्फ शाखाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रम तय गरिएको छ।

पहिलो चरणको आन्दोलनको अन्तिम दिन भदौ १३ गते दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा बृहत् धर्ना दिइने महासचिव चेम्जोङले जानकारी दिइन्।

आमसञ्चार विधेयक गत बुधबार प्रदेश सरकारको न्याय, प्रशासन तथा विधायन समितिले सर्वसम्मत रुपमा पारित गरेको थियो। सोही विधेयक शुक्रबार प्रदेश सभामा पेश गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?