
काठमाडौँ- सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न चिरायु नेशनल अस्पतालसँग सहकार्य गरेको छ।
यस सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरूले अस्पतालका विभिन्न सेवाहरूमा छुट पाउनेछन्।
सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) मार्फत भुक्तानी गर्दा ग्राहकले बेड र डाइग्नोस्टिक शुल्क तथा फार्मेसीको बिलमा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ।
सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि यस्ता विभिन्न छुट तथा अफरहरू प्रदान गर्दै आएको छ।
हाल बैंकको देशका सातै प्रदेशमा १३४ कार्यालय र १२७ एटीएम सञ्जाल सञ्चालनमा छन्।