समाज रूपान्तरणकालागि तीज पर्व प्रेरणादायी बन्नुपर्छः मुख्यमन्त्री आचार्य

समाज रूपान्तरणकालागि तीज पर्व प्रेरणादायी बन्नुपर्छः मुख्यमन्त्री आचार्य
+
-

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तीज) पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताएका छन् ।

उनले यस पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मान गर्दै समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना फैलाउने कार्य गर्दै आएको उल्लेख गरेका हुन् ।

‘तीज पर्व विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत असमानताहरूको अन्त्य गर्दै न्याय, समानता र समतामूलक समाज निर्माणतर्फ प्रेरित गर्ने पर्वका रूपमा स्थापित छ’शुभकामना सन्देशमा भनिएको छ,‘ त्यसैले तीजलाई अवसरका रूपमा उपयोग गर्नु हाम्रो साझा जिम्मेवारी हो ।’

महिलाले आफ्ना दुःख, पीडा र खुसी साझा गर्ने भएकाले तीजले सामूहिकता, आत्मबल र आपसी एकता बलियो बनाउन ठूलो योगदान पुर्याउँदै आएको छ । मुख्यमन्त्री आचार्यले तीजलाई केवल धार्मिक मात्र नभई सामाजिक दृष्टिले समेत महत्वपूर्ण चाडको रूपमा व्याख्या गरेका छन् ।

मौलिक पर्वको सांस्कृतिक गरिमा जगेर्ना गर्दै यसलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले तीज मनाउने क्रममा देखिने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै यसको मौलिकता र सांस्कृतिक महत्व जोगाउन आग्रह गरेका छन् ।

नेपाली महिलाहरूको महान् चाड हरितालिका (तीज)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले समाज रूपान्तरणकोलागि तीज पर्व प्रेरणादायी बन्नुपर्ने विश्वास व्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले तीज पर्वको अवसरमा प्रदेशमा आज सार्वजनिक विदासमेत दिएको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’