
काठमाडौँ- नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा महिला श्रद्धालुहरूको घुइँचो लागेको छ।
आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने महिलाहरू रातो साडीमा सजिएर पूजाआजाका लागि लामबद्ध भएका हुन्।
पशुपतिमा भेला भएका महिलाहरू शिवजीको दर्शन गर्नुका साथै नाचगान गर्दै, फोटो र भिडियो खिचेर तीजको पर्वलाई हर्षोल्लासपूर्वक मनाइरहेका छन्।
खासगरी टिकटक बनाउनेहरूको उमङ्ग देखिएको छ।
तस्बिरहरूः