एमक्यूब र बीवाइडीको सहकार्यमा “काठमाडौँ क्रोनिकल्स”

एमक्यूब र बीवाइडीको सहकार्यमा “काठमाडौँ क्रोनिकल्स”
+
-

काठमाडौँ- म्यारियट काठमाडौँद्वारा आयोजित ‘एमक्यूब नेपाल’ कार्यक्रम अन्तर्गत बीवाइडीसँगको सहकार्यमा ‘काठमाडौँ क्रोनिकल्स’ को घोषणा गरिएको छ।

यो पहलले नेपालको सुन्दरता, इतिहास र संस्कृतिलाई एक अद्वितीय अनुभवमार्फत उजागर गर्ने लक्ष्य राखेको छ।

यो कार्यक्रम म्यारियटका MICE (Meetings, Incentives, Conferences and Exhibitions) पार्टनरहरूका लागि तयार पारिएको हो। यसको मुख्य उद्देश्य सहकार्य र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै काठमाडौँको सांस्कृतिक सम्पदालाई जीवन्त अनुभवका साथ चिनाउनु रहेको छ।

काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ गरी तीन प्रमुख सम्पदा स्थलहरूमा आयोजना गरिने यो एक प्रकारको ‘ट्रेजर हन्ट’ हो।

सहभागीहरूलाई बीवाइडीका गाडीमार्फत यी स्थलहरूमा पुर्याइनेछ, जहाँ उनीहरूले पजलहरू सुल्झाउने र टास्कहरू पूरा गर्नेछन्।

म्यारियट काठमाडौँबाट सुरु हुने यो कार्यक्रम फेयरफिल्ड बाई म्यारियटमा समापन हुनेछ। विजेता टोलीलाई ‘काठमाडौँ एक्सपर्ट्स’ को उपाधि प्रदान गरिनेछ।

यस सहकार्यले नेपाललाई व्यवसायिक र सांस्कृतिक दुवै दृष्टिकोणले एक आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’