फुटबलर साम्बा भन्छिन्ः बालबालिकाको रुचिमै अगाडि बढ्न दिनुपर्छ

फुटबलर साम्बा भन्छिन्ः बालबालिकाको रुचिमै अगाडि बढ्न दिनुपर्छ
+
-

पोखरा – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बालबालिकालाई रुचि भएको विषयमा परिवारले साथ दिनुपर्ने बताएकी छन्।

परिवारको समर्थनबिना लक्ष्यमा पुग्न नसकिने उनको भनाइ छ। मंगलबार तनहुँमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति शुक्लागण्डकी नगरपालिका–४ ले गरेको सम्मान कार्यक्रममा बोल्दै उनले समाजका तर्कहरु कहिलेकसो नसुनेजस्तै गर्नुपर्ने उल्लेख गरिन्।

बाल्यकालमा मोजाको भकुन्डे खोल्दा परिवारले दिएको साथलाई स्मरण गर्दै उनले भनिन्, ‘समाजबाट नकारात्मक तर्कहरु आउन सक्छन्। ती तर्कहरु सुनेर पनि नसुनेको जस्तै गर्दिनुपर्छ।’

सही बाटोमा हिँडेको बेला बालबालिकाको रुचिअनुसार अगाडि बढ्न दिनुपर्ने उनको भनाइ थियो। ‘मलाई मेरो बुबाममीले खेलको लागि कहिल्यै पनि रोक्नुभएन। तर, काम सकाउनुपर्थ्यो घरको’, सावित्रा भन्छिन्, ‘काम सकेपछि जहाँ जान पनि छुट थियो।’

खाली खुट्टा मोजाको बल खेलेर आफूले सुरुवात गरेको उनको भनाइ थियो। ‘म काठमाडौँ जाने अघिल्लो दिनसम्म पनि जुत्ता थिएन। मोजाको बल छाडेर गाउँबाट बिदा भएकी थिए। त्यो अवस्थादेखि आजको ठाउँमा आइपुगेको छु’, बालबालिकालाई प्रेरित गर्दै उनले सुनाइन्।

समाज परिवर्तनका लागि पहिला आफू परिवर्तन हुनुपर्ने साम्बाले सुझाइन्। सामाजिक सञ्जाल र मोबाइलबाट बालबालिकालाई टाढा राख्नुपर्ने उनले बताइन्। कार्यक्रममा साम्बासँग तस्बिर खिचाउने र हस्ताक्षर लिने बालबालिकाको भीड नै लागेको थियो।

महिला फुटबलको विकाससँगै महिला सशक्तिकरणमा योगदान पुर्‍याएको भन्दै साम्बालाई सम्मान गरिएको हो। उनलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले दोसल्ला र प्रशंसापत्रले सम्मान गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?