लुम्बिनी र चीनको शान्सी प्रान्तबीच सहकार्य गर्नेबारे छलफल

लुम्बिनी र चीनको शान्सी प्रान्तबीच सहकार्य गर्नेबारे छलफल
+
-

दाङ – चीनको शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटवार्ता गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई पक्षबीच आपसी हितका विषयमा छलफल भएको थियो। मुख्यमन्त्री आचार्यले पर्यटन, संस्कृति, हरित विकास, स्मार्ट सहर निर्माण, कृषि व्यवसायीकरण, शिक्षा तथा सीप विकासजस्ता क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए।

उनले लुम्बिनी प्रदेशमा पर्ने जीतगढी किल्ला, निग्लीहवा, तिलौराकोट र रामग्रामलगायतका ऐतिहासिक तथा धार्मिक स्थललाई बौद्ध सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न चीनसँग सहकार्य गर्न सकिने उल्लेख गरे।

मोनोरेल सञ्चालन, हरित ऊर्जाको प्रयोग, वातावरणमैत्री यातायात, जैविक प्रणालीमार्फत कृषि व्यवसायीकरण र जडीबुटी खेतीका क्षेत्रमा समेत सहकार्य सम्भव हुने भनाइ उनको छ।

शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानले भेटका क्रममा पर्यटन पूर्वाधार, स्मार्ट सिटी निर्माण, सौर्य तथा वायु ऊर्जा, प्राविधिक शिक्षा, सीपयुक्त जनशक्ति विकास, वनस्पति तथा जडीबुटी प्रशोधनलगायतका क्षेत्रमा सहकार्य अघि बढाउन सकिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?