
काठमाडौँ – कलाकारहरूलाई अहिले भगवान् गणेशको मूर्ति फिनिसिङ गर्न भ्याइनभ्याइ छ। बुधबार गणेश चतुर्थी पर्व मनाइँदै छ। यस दिन गणेशको विशेष पूजा गरिन्छ।
गणेश चतुर्थीलाई एउटा उत्सवकै रुपमा मनाइने भएकाले गणेशको मूर्तिको कारोबार ठूलो मात्रामा हुने गर्छ।
यी मूर्तिहरु गणेश चतुर्थीलाई नै लक्षित गरी तयार गरिएको हो। बिघ्नहर्ताको रुपमा हिन्दू धर्मावलम्बीहरुले गणेशको पूजाआराधना गर्दछन्।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी