जर्मन पत्रिका भन्छ, ‘मोदीले ट्रम्पको फोन उठाएनन्’, सम्बन्ध थप चिसियो

जर्मन पत्रिका भन्छ, ‘मोदीले ट्रम्पको फोन उठाएनन्’, सम्बन्ध थप चिसियो
+
-

जर्मन पत्रिका फाजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक-पटक फोन गरेपनि नउठाएको दाबी गरेको छ।

ट्यारिफको सम्बन्धमा कुरा गर्न मोदीलाई ट्रम्पले चार पटक फोन गरेका थिए, तर मोदीले एकपटक पनि उनीसँग कुरा नगरेको रिपोर्टमा उल्लेख छ।

मोदीले फोन नउठाउँदा दुई नेताबीच तनाब थप बढ्दे गएको जनाइएको छ। यद्यपि रिपोर्टमा यी फोनहरु कहिले भएका थिए भनेर उल्लेख गरिएको छैन।

पत्रिकाका अनुसार, ट्रम्पको आक्रामक व्यापार नीति र भारतलाई ‘डेड इकोनोमी’ भन्दै ट्रम्पले कडा आलोचना गरेपछि मोदी थप बिच्किएका छन्। त्यसपछि अमेरिकाले भारतसँग व्यापार वार्तको प्रयास पनि गरेको तर भारतले अमेरिकासँगको व्यापार सम्झौताका लागि हुने वार्ता समेत स्थगित गरेको जनाइएको  जसका कारण अमेरिकी प्रतिनिधिमण्डल नयाँ दिल्ली आउने कार्यक्रम रोकिएको थियो।

ट्रम्पले भारतमाथि ५०% ट्यारिफ लगाएका छन्, जसमा २५% जरिवाना स्वरूप थपिएको छ, जुन २७ अगस्ट अर्थात भोलि देखि लागू हुँदै छ। ट्रम्पको भनाइमा भारतले रुसी तेल किन्दै आएकोले पुटिनलाई युक्रेनविरुद्धको युद्ध जारी राख्न सहयोग पुगेको आरोप लगाएका छन्। तर ट्रम्पको ट्यारिफका बाबजुत भारतले रुसी तेल खरिद जारी राखेको छ।

धम्की देखाएर वार्ता सुरु गर्ने ट्रम्पको शैलीमा मोदीको ब्रेक

पत्रिकामा विज्ञहरुलाई उद्धृत गर्दै सामान्यतया: ट्रम्पले कुनै देशसँग व्यापार घाटा देखाउँदै आक्रमण गर्ने र त्यसपछि उच्च ट्यारिफको धम्की दिने नीति अंगिकार गर्दै आएका छन्।

ट्यारिफ घोषणा गरेपछि वार्ता सुरु गर्ने र अन्त्यमा ट्यारिफ बढाएर केही छुट दिएर आफूलाई विजेता देखाउने प्रयास ट्रम्पले गर्ने गर्छन्। धेरै देशहरुसँग यसरी नै काम गरेका छन्, तर मोदीको हकमा भने ट्रम्पलाइ निकै मुस्किल परेको छ। उनी झुक्न तयार नहुँदा अमेरिकाले अब कसरी अघि बढ्छ भन्ने तय भएको छैन्।

न्यूयोर्कस्थित न्यू स्कूलको भारत–चीन अध्ययन संस्थानका सह–संचालक मार्क फ्रेजरका अनुसार, अमेरिकाले भारतलाई चीनविरुद्ध प्रयोग गर्ने रणनीति ट्रम्प नीतिकै कारण असफल हुँदै गएको उल्लेख गरेका छन्। भारतले कहिल्यै पनि चीनविरुद्ध अमेरिकासँग पूर्ण रूपमा उभिने वाचा गरेको थिएन। तर चीनसँग बिग्रिएको सम्बन्धलाई सुधार्ने मौका भारतले ट्रम्प नीतिकै कारण पाएको उनको ठम्याइ छ।

ट्रम्पको व्यवहारले मोदीलाई पुरानो अपमान सम्झायो

पत्रिकाले उल्लेख गरेअनुसार, ट्रम्पको रवैयाले प्रधानमन्त्री मोदीलाई करिब दशकअगाडिको एउटा घटना सम्झाएको छ। त्यतिबेला चीनका राष्ट्रपति सी जिनपिङ गुजरात आएका थिए र मित्रताको आश्वासन दिएका थिए, तर त्यसकै बीचमा चिनियाँ सेनाले हिमाली क्षेत्रमा घुसपैठ गरेको थियो। त्यसपछि भारतीय सेनासँग चिनियाँ सैनिकको झडप हुँदा अवस्था झन बिग्रियो र मोदीले त्यसलाई ठूलो अपमानका रुपमा लिएका थिए। अब ट्रम्पले पनि त्यस्तै व्यवहार गरेकोमा मोदी निकै रुष्ट भएका छन्।

केही महिनाअघि मात्र उनले मोदीलाई ह्वाइट हाउस बोलाएर प्रशंसा गरेका थिए र फोटो एल्बम उपहार दिएका थिए। त्यतिबेला सम्बन्ध निकै राम्रो मानिएको थियो। अझ दिल्ली नजिकै ट्रम्प टावर नामक विलासी अपार्टमेन्ट बनेका थिए, जसका ३०० फ्ल्याट (जसको मुल्य करिब १०८ करोड सम्म) एकै दिनमा बिक्री भएर कीर्तिमान कायम भएको थियो। तर पछिल्ला घटनाले माहोल बदलिएको छ। अझ भारत ‘डेड इकोनोमी’ भनेपछि सम्बन्ध थप चिसियो।

ट्रम्पको ‘फेक डिप्लोमेसी’ सँग सचेत छन् मोदी

पत्रिकाले उल्लेख गरेअनुसार, मोदी भियतनामसँग ट्रम्पको विवादबाट सचेत देखिएका छन्। त्यतिबेला ट्रम्पले भियतनामका सर्वोच्च नेता तो लामसँग फोनमा कुरा गरेका थिए। तर कुनै ठोस सम्झौता नभएपनि उनले सामाजिक सञ्जालमार्फत ‘व्यापार सम्झौता भएको’ भनेर घोषणा गरेका थिए। मोदी चाहन्नन् कि भारत पनि यस्तै स्टन्टमा फसोस् त्यही भएर पनि उनले ट्रम्पसँग फोन वार्तामा संलग्न हुन अस्वीकार गरेका छन्।

यही कारण भारतले अमेरिकी प्रतिनिधिमण्डलको दिल्ली भ्रमण पनि रद्द गरिदिएको उल्लेख छ।

भारतको अर्थतन्त्रमा असर पर्न सक्ने चेतावनी

रिपोर्ट अनुसार, अमेरिकाको ५०% ट्यारिफले भारतको निर्यातमा ठूलो असर पार्न सक्ने सम्भावना रहेको छ। भारतका करिब २०% निर्यात गर्ने कपडा, गहना र अटो पार्ट्स अमेरिका जाने गर्दछ। यसले भारतको आर्थिक वृद्धिदर ६.५% बाट घटेर ५.५% मा झर्न सक्ने अनुमान गरिएको छ।

यसैबीच, ट्रम्पले पछिल्ला तीन महिनामा भारत–पाकिस्तानबीच युद्धविराम गराएको दाबी करिब ३० पटक गरिसकेका छन्। तर प्रधानमन्त्री मोदीले स्पष्ट रूपमा अस्वीकार गरेका छन्।

भारतको भनाइमा युद्धविराम दुबै देशबीचको आपसी वार्ताबाट भएको हो, कुनै तेस्रो पक्षको भूमिकाबिना। त्यसैगरी, ट्रम्पले पाकिस्तानमा तेल भण्डारण विकास गर्ने घोषणा गरेका थिए र पाकिस्तानी सेनाप्रमुखलाई ह्वाइट हाउसमा निमन्त्रणा दिएका थिए। यी कदमले पनि भारतको असन्तुष्टि थप चुलिएको पत्रिकाले उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?