हुम्ला खण्डको सडक हिलाम्ये

हुम्ला खण्डको सडक हिलाम्ये
+
-

हुम्ला – कर्णाली करिडोरको हुम्ला खण्डको सडक हिलाम्ये भएको छ। कच्ची सडकमा बर्षाको पानीले हिलाम्ये बनाउँदा यातायताका साधनलाई सास्ती हुने गरेको छ।

सुर्खेतबाट सिमकोटतर्फ आउँदै गरेका बोलेरा जीप चालक जगत बुढाले यतिबेला कर्णाली करिडोरको हुम्ला खण्डको सडक जताततै हिलााम्मे बनेको बताए।

पूरै लेदो भएको सडकमा गाडी गुडाउनुपरेपछि चिप्लिने डरका साथै ढिलो पनि हुने गर्छ। यसअघि सर्केगार्डबाट खार्पु पुग्न तीन घण्टा समय लाग्ने भएपनि सडक हिलाम्मे भएको कारण यतिबेला पाँच घण्टा समय लाग्ने गरेको छ।

सर्केगार्डबाट सिमकोटसम्म मा १२० स्थानमा सडक हिलोले दलदल भएको छ। अर्का ट्रक चालक देवधन फडेराले सलीसल्लाबाट खार्पुसम्मको सडकमा बढी हिलो हुने गरेको बताउदै दैनिक ठुला ट्रक पनि हिलोमा फस्ने गरेका छन। यसरी हिलोमा ट्रक फसेपछि सडक समेत अबरुद्ध हुने गरेको छ।

यसअघि सर्केगार्ड खर्पु खण्डको गिउसीको हिलाम्मे सडकमा ढुङ्गाा बिच्छ्याएपछि हाल सो सडक सहज भएको छ तर अन्य भागमा भने हिलैहिलोले गर्दा यात्रा निक्कै कठिन बनाएको छ। सडकमा हिलो बढी भएपछि कतै बस, कतै ट्रक, कतै ट्याक्टर, कतै बोलेरो जीप देखि कतै मोटर साईकल समेत फसेको देखिनु सामान्य जस्तै देखिन्छ। अर्को कुरा यही क्षेत्रको सडकमा ठाउँँठाउँँमा पानी जमेर पोखरी पनि निर्माण भएका छन्। करिडोरको कालीकेट र बाजुरा क्षेत्रको सडककाो अवस्था ठिकै भएपनि यस पटकके बर्खामा हुम्ला खण्डको सडकको अवस्थाा भने निक्कै हिलोले गर्दा जोखिम रहेको चालकले बताउदै आएका छन्।

सडकको अवस्था हिलोकै कारण नाजुक भएपनि यसलाई मर्मतत गर्नेतर्फ कुनै हिल्सा सिमकोट सडक योजनाले चासो नराखेको गुनासो यात्रुहरुको रहेको छ। बर्खा लागि रहेको कारण हिलाम्मे सडकलाई तत्काल केही गर्न नसकिने अवस्था रहेको हिल्सा सिमकोट सडक योजनाले बताएको छ। यो खण्डको सडकको ट्रयाक खुलाउने कार्य भएपनि स्तरोन्नती गर्ने कार्य भने बाँकी नै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?