
काठमाडौं – धितोपत्र दोस्रो बजारमा कारोबार रकम एकै दिन साढे तीन अर्बले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, बुधबार सात अर्ब ६८ करोड ३३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ।
मंगलबार चार अर्ब १८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो। मंगलबारका तुलनामा सेयर कारोबार रकम तीन अर्ब ४९ करोड ८० लाख रुपैयाँले बढेको हो। यस दिन एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
आज हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र ग्रीन भेन्चर लिमिटेडको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ। हिमालयन रिइन्स्योरेन्सको ६५ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। त्यसैगरी नेपाल पुनर्बिमाको ५० करोड ५२ लाख र ग्रीन भेन्चरको ४६ करोड ५३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ।
यसदिन नेप्से परिसूचक पनि उच्च अंकले बढेको छ। बजार बन्द हुँदा परिसूचक ५६.६९ अंकले बढेर २८२२.७८ विन्दुमा बन्द भएको छ।