
हुम्ला – तीव्र गतिमा गुडेको बोलेरो जिप ठोक्किँदा घरमा क्षति पुगेको छ। सिमकोट गाउँपालिका– ५ को काठेचुली चोकमा रहेको जिप घरमा ठोकिएको हो।
चालक मात्र रहेको बोलेरो जिपले काठेचुली चोकस्थित पदमबहादुर रावतको घरमा ठोकिएको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए। सदरमुकाम सिमकोटमा बोलेरो जिप दुर्घटना भएको हो।
लु.प्र–०१–००१ज०२८२ नम्बरको गाडी एउटा घरमा ठोकिँदा गाडी चालक तिलक ऐडी सामान्य घाइते भएका छन्। सदरमुकाम सिमकोटबाट सिमकोट तल्लो गाउँतर्फ जाँदै गर्दा गाडीको ब्रेक फेल भई घरमा ठोकिन पुगेको प्रहरीले जनाएको छ।
घरमा ठोकिँदा चालकको आँखा र माथिल्लो ओठमा सामान्य चोट लगोको छ। सामान्य घाइते भएका चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गाडीमा चालक मात्रै भएका कारण मानवीय क्षति नभए पनि घरको माथिल्लो तलाको एक कोठा भने पूर्ण रुपमा क्षति भएको छ। घरको ढोकासहित एक साइटको पूरै देवल भत्किएको छ।