
काठमाडौँ- राष्ट्रपति छँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका श्रीलंकाका पूर्वराष्ट्रपति रणिल विक्रमासिङ्घेलाई मङ्गलबार जमानतमा रिहा भएका छन्।
भ्रष्टाचारविरुद्धको अभियानमा सत्तारूढ राष्ट्रपति अनुरा कुमार दिसानायके नेतृत्वमा सुरु गरिएको छानबिनमा रहेका धेरैजसो उच्चस्तरीय पूर्वमन्त्री र राजनीतिक नेताहरूमध्ये सबैभन्दा उच्चपदस्थ विक्रमासिङ्घेलाई मंगलबार रिहा गरिएको हो।
विपक्षी दलका वरिष्ठ नेता एवं विक्रमासिङ्घेका सहयोगी दनुष्का रामानायकका अनुसार उनलाई कोलम्बोको मजिस्ट्रेट अदालतले जमानत दिएको हो।
पूर्वराष्ट्रपति बिक्रमासिङ्घे अहिले कोलम्बो राष्ट्रिय अस्पतालको सघन उपचार कक्षमा छन्।
उनलाई डिहाइड्रेसन र अन्य स्वास्थ्य समस्या भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो।