यू –१७ साफ च्याम्पियनसिपः बंगलादेशसँग फेरि हार्‍याे नेपाल, उपाधि सम्भावना सकियो

यू –१७ साफ च्याम्पियनसिपः बंगलादेशसँग फेरि हार्‍याे नेपाल, उपाधि सम्भावना सकियो
+
-

यू–१७ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल २ खेल बाँकी हुँदै उपाधि होडबाट बाहिरिएको छ। बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भयो।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाललाइ हराएको बंगलादेशले ४ खेलबाट ९ अंक पुर्‍याएको छ। एक खेल कम खेलेको भारतको पनि ९ अंक छ।

नेपालको भने ४ खेलबाट ३ अंक मात्रै जोडेको छ। नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो। भुटानसँग २–१ को पुनरागमन जित निकालेको थियो। पहिलो खेलमा नेपाल बंगलादेशसँग ३(० ले पराजित हुन पुगेको थियो।

बंगलादेशलाई नेपाल विरुद्ध लगातार जित दिलाउने क्रममा शौरभी अखण्ड प्रीतिले ह्याट्रिक गरिन्। एक गो ल भने थुइनुए मार्माले थपेकी थिइन्। नेपालका लागि भूमिका बूढाथोकीले एक गोल फर्काएपनि टिमको हार टार्न पर्याप्त रहेन।

नेपालले पहिलो हाफको अधिकांस समय बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, ३८ औं मिनेटमा बंगलादेशले अग्रता लियो। मार्माले अगाडि कटाउन लागेको क्रस नेपाली खेलाडीलाई लागेर डिफ्लेक्ट हुन पुग्दा मार्मोलेनै उक्त बललाई तीन डिफेन्डरलाई बिट गर्दै जाली चुमाइन्।

पहिलो हाफको निर्धारित समय सकिँदै लाग्दा बंगलादेशले अर्को गोल थप्यो। मीनामाया श्रेष्ठले दिएको सट पासलाई डिफेन्डर सम्झना चन्दले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा बंलादेशले गोलको अवसर प्राप्त गर्योद। उक्त गोललाइ शौरभीले गोलमा परिणत गरेकी थिइन्।

इन्जुरी समयमा भूमिकाले एक गोल फर्काउँदै खेललाइ १–२ को अवस्थामा ल्याइन। नेपाली खेलाडीले पेनाल्टी बाहिरबाट गरेको लामो प्रहार बंगलादेशी डिफेन्डरले सिक्स यार्ड बक्सनजिक रोकेका थिए। तर, क्लियर गर्नेक्रममा तालमेल नमिल्दा भूमिकाले सहजै गोल गरिन्।

७१औं मिनेटमा शौरभीले व्यक्तिगत दोस्रो गोल गर्दा ८७औं मिनेटमा उनले ह्याट्रिक पूरा गरिन्। मार्माले दिएको क्रसलाई उनले सिक्स यार्ड बक्सनजिकबाटै गोल गर्दै बंगलादेशको रवाफिलो जित पक्का गरिन्।

डबल राउन्ड रोविन लिगका आधारमा जारी प्रतियोगितामा अब नेपाले भारत र भुटान सँग समान १–१ खेल खेल्न बाँकी छ। प्रतियोगितामा तालिकाको शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ। च्याम्पियन बन्ने दौडमा बंगलादेश र भारत मात्र बाँकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?