मुगुमा सुत्केरी महिलाको ज्यान जोखिममा, तत्काल A+ रगत आवश्यक

मुगुमा सुत्केरी महिलाको ज्यान जोखिममा, तत्काल A+ रगत आवश्यक
+
-

मुगु – मुगु जिल्लाको सोरु गाउँपालिका–८ की ३४ वर्षीया सुनिता बुढा आज बिहान घरमै बच्चा जन्माउने क्रममा अत्यधिक रक्तस्राव भएपछि ज्यान जोखिममा परेकी छन्। बिहान १० बजे शिशु जन्माएपछि निरन्तर रगत बगिरहेको र अवस्था गम्भीर भएपछि उनलाई बेलुकी ८:३० बजेतिर स्वास्थ्य सेवा कार्यालय मुगुमा उपचारका लागि ल्याइएको हो।

तर मुगु अस्पतालमा हालसम्म नियमित रक्तसञ्चार सेवा उपलब्ध नभएकाले आपतकालीन अवस्थामा रक्तदातालाई प्रत्यक्ष गुहार्नु पर्ने बाध्यता रहेको छ। अस्पतालमा ब्लड बैंक नहुँदा हरेक पटक यस्तो आकस्मिक अवस्थाको समाधानका लागि परिवार र आफन्तले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गर्नुपर्ने अवस्था छ।

चिकित्सकहरूका अनुसार सुनितालाई तत्काल कम्तीमा २ युनिट A+ समूहको रगत आवश्यक छ। सामान्य अवस्थामा सुत्केरी महिलालाई १२–१६ युनिटसम्म रगत चाहिने भए पनि अहिलेको अवस्थामा तत्कालै रगत उपलब्ध भए उनको जीवन बचाउन सकिने डाक्टरहरूको भनाइ छ।

रगत उपलब्ध गराउन सक्ने व्यक्तिहरूलाई अस्पतालले सम्पर्कका लागि नम्बर सार्वजनिक गरेको छ –
डा. नकुल (९८४९५५०३८६),
डा. उदय (९८४३७७५८७३) र
अस्पताल हवल्दार (९७४८३३९२४८)।

स्वास्थ्यकर्मीहरूले समयमै रगत नपाए थप जटिलता निम्तिन सक्ने चेतावनी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?