मुगु – सोरु गाउँपालिका–८ की ३४ वर्षीया सुनिता बुढा सुत्केरी भएपछि अत्यधिक रक्तस्राव भई ज्यान जोखिममा परेकाे छ। बुधबार बिहान १० बजे बच्चा जन्माएकी सुनितालाई बेलुकी ८ः३० बजेतिर निरन्तर रक्तस्राव रोक्न नसकेपछि जिल्ला अस्पताल मुगु पुर्याइएको थियो ।
अस्पतालमा ब्लड बैंक सुविधा नहुँदा सुरुमा प्रत्यक्ष रक्तदाता खोज्नुपर्ने बाध्यता परेकोले आफन्त र स्वास्थ्यकर्मीले सामाजिक सञ्जाल र मिडियामार्फत गरेको अपिलपछि स्थानीय युवा भाग्यराज भाम, स्थानीय सञ्चारकर्मी कुबेर कार्की र अस्पतालकै एक कर्मचारीले बुधवार साँझ नै रगत उपलब्ध गराएका थिए।
अहिलेसम्म ४ पिन्ट रगत दिइसकिएको डाक्टर नहकुल शाहीले जानकारी दिए। सुत्केरी महिलाको ज्यान जोगाउन तथा उपचारका लागि अस्पतालका प्रमुख डाक्टर निर्मल नगरकोटीको नेतृत्वमा यमडिजिपी डाक्टर अभिशेष मिश्र, डा नकुल शाही , डाक्टर उदय मल्ल लगायतको टिम बुधवारदेखि नै खिटएकाे छ।
हालसम्म बच्चाको अबस्था सामान्यरहेको अस्पतालले जनाएको छ ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































