
काठमाडौँ – उपत्यकाका तीनवटै जिल्लामा आज दिनभर जस्तै झरी परेको छ। झरी परेसँगै उपत्यकामा सर्वसाधारणको दैनिक प्रभावितसमेत भएको छ।
अहिले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको थियो।
भोलि देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी