युक्रेनमा रसियाको दोस्रो ठूलो हवाई हमला, १८ जनाको मृत्यु, ठूलो भौतिक क्षति

युक्रेनमा रसियाको दोस्रो ठूलो हवाई हमला, १८ जनाको मृत्यु, ठूलो भौतिक क्षति
+
-

रसियाले युक्रेनमाथि पूर्ण रुपमा आक्रमण सुरु गरेयताकै दोस्रो ठूलो हवाई हमला गरेको छ। रसियाको यो आक्रमणमा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। युरोपियन संघ (इयू) को भवनसहित सयौं भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन्।

स्थानीय समयअनुसार बुधबार राति राजधानी किभमा अन्धाधुन्ध बमबारी भएको थियो। मृत्यु हुनेमा चार जना बालबालिका पनि समावेश छन्। यस आक्रमणमा इयू र ब्रिटिस काउन्सिलका भवनहरू क्षतिग्रस्त भएका छन्। घटनापछि युरोपियन युनियन र बेलायतले शीर्ष रसियन कुटनीतिज्ञलाई बोलाएका छन्।

किभ सैनिक प्रशासनका प्रमुख तिमुर त्काचेनकोका अनुसार मृतकमध्ये दुई, १४ र १७ वर्षका बालबालिकासमेत छन्। युक्रेन वायुसेनाले दिएको जानकारीअनुसार क्रेमलिनले एकैरातमा ६२९ हवाई आक्रमणका हतियार प्रयोग गरेको थियो, जसमा ५९८ ड्रोन र ३१ मिसाइल समावेश थिए।

युक्रेन वायुसेनाका प्रवक्ता युरी इह्नातको भनाइ उदृत गर्दै सिएनएनले दिएको जानकारीअनुसार आक्रमणले युक्रेनीहरुको बासस्थान उजाडिएको छ। उनका अनुसार देशमाथि भएको सबैभन्दा ठूला संयुक्त आक्रमणहरूमध्ये एक आक्रमण बुधबार राति भएको हो।

रूसको रक्षा मन्त्रालयले भने युक्रेनका सैन्य–औद्योगिक प्रतिष्ठान र वायुसेना बेसहरूलाई उच्च र सटिक हतियार प्रयोग गरेर आक्रमण गरिएको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्को अझै पनि शान्तिवार्तामा चासो देखाइरहेको तर रूसले युद्धलाई ‘विशेष सैन्य अभियान’ को रूपमा अझै निरन्तरता दिने बताएको छ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै यो आक्रमणलाई ‘नागरिकहरूको भयावह र योजनाबद्ध हत्या’ भन्दै आलोचना गरेका छन्।

उनले लेखेका छन्, ‘यी रुसका मिसाइल र आक्रमणकारी ड्रोनहरू नै संसारभरका तिनै आवाजहरूको प्रत्यक्ष जवाफ हुन्, जसले हप्तौँदेखि महिनौँसम्म युद्धविराम र वास्तविक कूटनीतिक समाधानको माग गर्दै आएका छन्।’

युरोपेली नेताहरुले रसियाको यो आक्रमणको निन्दा गर्दै पुटिनको आलोचना गरेका छन्। साथै कतिपय देशले रसियाका शीर्ष कूटनीतिज्ञलाई स्पष्टीकरणका लागि बोलाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?