मुगु – सोरु गाउँपालिका–८ की ३४ वर्षीया सुनिता बुढाको उपचारका क्रममा मृत्यु भएको छ। घरमा सुत्केरी भएपछि अत्यधिक रक्तस्राव भई जिल्ला अस्पताल मुगु भर्ना गरिएकी उनको उपचारका क्रममा बिहीवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर निर्मल नगरकोटीले जानकारी दिए।
सुनिताको स्वास्थ्य अवस्था गम्भीर भएपछि हेलिकोप्टर बाट उद्धारका लागि प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीसँग समन्वय गरी गृह मन्त्रालयमा पहल भइरहेका बेला सुत्केरी सुनिताको मृत्यु भएकाले हेलिकोप्टर बोलाउने कुरा रद्द गर्नु परेको जिल्ला अस्पताल मुगुले जनाएको छ।

यसअघि निरन्तर रगत अभाव भएपछि सामाजिक सञ्जाल र मिडियामार्फत गरिएको अपिलपछि स्थानीय दाताहरूबाट ४ पिन्ट ब्ं समूहको रगत उपलब्ध भए पनि सुनिताको जीवन बचाउन नसकिएको हो।
डाक्टर नगरकोटीका अनुसार बुधवार घरमै सुत्केरी भएर साल ननिस्किएपछि ढिला अस्पताल पुर्याउँदा सुनिताको अवस्था नाजुक भइसकेको थियो तैपनि अस्पतालको पूरा चिकित्सक टोलीले स्थानीयको सहयोगमा रगत ब्यबस्था गरेपछि बुधबार बिहान सुनिताको होश खुलेको थियो।
तर, साल निकालिसकेपछि अवस्था नाजुक बन्दै गएपछि बिरामीको उद्दारको लागि हेलिकोप्टरको ब्यबस्था गर्दागर्दै बिहीबार दिउँसो सुनिताको मृत्यु भएको थियो। हाल सुनिताको नवजात शिशु चिकित्सकको निगरानीमा जिल्ला अस्पताल ठिनीमा राखिएको छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































