
काठमाडौँ- कवि एवम् गजलकार महेश दोस्ताजको शब्द रचनामा सजिएको गीत ‘यो पागल दुनियाँ’ सार्वजनिक भएको छ।
गीतमा नेपाल आइडल सिजन- २ बाट परिचित गायक रवि शर्माको भावनात्मक स्वर र महेश दोस्ताजको शब्द छ। जसमा अडियोको संगीत संयोजन पुश्कर खत्रीले गरेका छन् भने रेकर्डिङ रियाज प्रोडक्सन स्टुडियोमा, मिक्सिङ तथा मास्टरिङ साजन शाहले गरेका हुन्।
गीतको भिडियो निर्देशक विकाश प्रसाईले निर्देशन गरेका छन्। भिडियोमा ईश्वरी बराल र सञ्जय ढुंगानासहित कृष्ण घिमिरे, कुशल घिमिरे, यज्ञनिधि शर्मा, सुलभ शर्मा र सुनिल शर्माको अभिनय देख्न सकिन्छ।
सिनेमाटोग्राफी सुमन गहत्राजको, सम्पादन र कथा संरचना प्रसाईकै हातमा रहेको छ भने रंग संयोजनमा कल्पेश विश्वकर्माले साथ दिएका छन्।
प्रेम, विछोड र जीवनका उतारचढावलाई स्पर्श गर्ने कथावस्तुसँग मेल खाने गरी तयार भएको भिडियोले गीतलाई अझै गहिरो बनाएको छ।
निर्माणमा वर्षा सिंह ठकुरी, गोविन्द खड्का र बाबु कृष्ण प्रसाई निर्माताको रूपमा संलग्न छन् भने प्रविन आचार्य सह-निर्माता रहेका छन्।
भिडियो: