हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८% हिस्सेदारी

हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८% हिस्सेदारी
+
-

काठमाडौं- एनआईबीएल इक्विटी पार्टनर्सले हिमालयन जाभामा २८.८ प्रतिशत लगानी गरेको छ । यससम्बन्धी सम्झौतामा बिहीबार नक्सालस्थित एक कार्यक्रममा हस्ताक्षर भएको छ ।

सम्झौतामा एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाका संस्थापक गगन प्रधानले हस्ताक्षर गरेका हुन् । यस लगानीको मुख्य उद्देश्य हिमालयन जाभा जस्तो नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्‍याउनु रहेको छ ।

एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम बनाउने विश्वास व्यक्त गरे । उनले हिमालयन जाभालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न आफ्नो कम्पनी प्रतिबद्ध रहेको बताए ।

हिमालयन जाभाका संस्थापक गगन प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले विश्व बजारमा पुग्न थप हौसला मिलेको बताए । उनले भने, “यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो । स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिममार्फत दिगो वृद्धि हासिल गर्न हामी प्रतिबद्ध छौं ।”

यो साझेदारीको मुख्य लक्ष्य नै हिमालयन जाभालाई एशिया र अष्ट्रेलियाबाट सुरु गरी विश्व बजारमा विस्तार गर्नु रहेको छ । यसका साथै, नेपालभित्र नयाँ आउटलेटहरू खोल्न पनि यस लगानीले सहयोग पुग्नेछ ।

सन् १९९९ मा स्थापना भएको हिमालयन जाभाले नेपालभर ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुई उच्च श्रेणीका ‘ग्यालरी बाई हिमालयन जाभा’ आउटलेटहरू सञ्चालन गर्दै आइरहेको छ ।

यो लगानीले हिमालयन जाभाको बिक्री वृद्धि, निर्यातको सम्भावना र यस क्षेत्रका किसान, रोस्टर, बरिस्टा तथा फ्रेन्चाइज चेनमा संलग्न सबैलाई महत्वपूर्ण अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’