गोमाको साहस: दुर्घटनामा परेर घाइते बनेका श्रीमानको व्यवसाय टेम्पो चलाएर सम्हाल्दै

गोमाको साहस: दुर्घटनामा परेर घाइते बनेका श्रीमानको व्यवसाय टेम्पो चलाएर सम्हाल्दै
+
-

झापा- झापाको कचनकवल गाउँपालिका–१ सोमबारे बजारकी ३३ वर्षीया गोमा भण्डारीले श्रीमानको दुर्घटना भएपछि दुग्ध संकलन केन्द्रको सम्पूर्ण जिम्मेवारी सम्हालेर उदाहरणीय साहस प्रदर्शन गरेकी छिन् ।

छ महिनाअघि श्रीमान जीवन भण्डारी सडक दुर्घटनामा परी खुट्टा भाँचिएपछि बन्द हुने अवस्थामा पुगेको व्यवसायलाई गोमाले आफैँ टेम्पु चलाएर बचाइन् । “श्रीमान दुर्घटनामा परेपछि सुरुमा कर्मचारी राखेर काम चलायौं, तर पछि आफैँ टेम्पु चलाएर दूध संकलन गर्न थालेँ,” उनी भन्छिन् ।

बिहान ५ बजेदेखि १२ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म गोमाले डाँगीबारी, कुईमारी, आमबाडी, प्रगति टोल, बरालडाँडा, दुर्गाभिट्टा र खेरीबारीका बस्तीबाट दूध संकलन गर्छिन् । दूध संकलनदेखि लिएर केन्द्रमा ल्याउने, मापन गर्ने, प्रशोधन गर्ने, ग्राहकलाई वितरण गर्ने र हिसाब राख्ने सबै जिम्मेवारी उनी एक्लैले सम्हालेकी छिन् ।

“सुरुमा महिलाले यो काम गर्न सक्छिन् जस्तो लागेको थिएन,” उनले भनिन्, “तर परिवार सम्झँदा हिम्मत आयो र निरन्तरता दिन सकेँ ।”

हाल गोमाले दैनिक करिब ५०० लिटर दूध संकलन गर्दै आएकी छिन् । श्रीमान् अस्वस्थ भएकाले घरमै आराम गरिरहेका छन् भने ७१ वर्षीय ससुरा र ७० वर्षीया सासुले घर र नातिनातिनीको हेरचाह गर्छन् ।

कचनकवलकै पहिलो महिला टेम्पो चालक बनेकी गोमाको यो साहस, परिश्रम र आत्मविश्वासले स्थानीय महिलाहरूलाई पनि प्रेरणा दिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?